ad ad

समाज


काठमाडौंमा ४३ सहित उपत्यकामा थपिए ५१ कोरोना संक्रमित

काठमाडौंमा ४३ सहित उपत्यकामा थपिए ५१ कोरोना संक्रमित

नेपालखबर
साउन १९, २०७७ सोमबार ११:१,

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४३ सहित ललितपुरका ३ तथा भक्तपुरका ५ जनामा कोरोना संक्रमण भेटिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा काठमाडौंका १७ जनामा, पाटन अस्पताल प्रयोगशाला ललितपुरमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै वीर अस्पताल प्रयोगशाला काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २ जना,  स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ५ जना र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका ३ जनामा कोरोना पुष्टि भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .