ad ad

कारोबार


अन्ततः अमेरिकी कम्पनी माइक्रोसफ्टको स्वामित्वमा जान टिकटक तयार

अन्ततः अमेरिकी कम्पनी माइक्रोसफ्टको स्वामित्वमा जान टिकटक तयार

नेपालखबर
साउन १९, २०७७ सोमबार ४:२९,

प्रयोगकर्ताको डेटा सेक्युरिटीको विषयमा विवाद झेल्दै आएको विश्वकै चर्चित मनोरन्जनात्मक एप टिकटक अन्ततः अमेरिकी स्वामित्वमा जान राजी भएको छ।

एक महिना लामो छलफलपछि टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्स यो निष्कर्षमा पुगेको रोयटर्सले जनाएको छ।

आजदेखि टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने चर्चा चलिरहेको बेला बाइटड्यान्स यो निष्कर्षमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

टिकटकले यसअघि नै संभावित प्रतिबन्ध रोक्नका लागि अमेरिकी कम्पनीलाई आफ्नो निश्चित हिस्सेदारी बेच्न सक्ने जनाएको थियो। तर उक्त विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने तयार थिएनन्।

तर अन्तिम समयमा आएर टिकटक आफ्नो सम्पूर्ण हिस्सा अमेरिकालाई दिन तयार भएको बताइएको छ। यसका लागि माइक्रोसफ्ट र बाइटड्यान्सबीच पाँच अर्ब अमेरिकी डलरमा सम्झौता भएको अनुमान गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अब टिकटकका प्रयोगकर्ताहरूको डेटाका लागि माइक्रोसफ्ट जिम्मेवार हुनेछ। प्रयोगकर्ताको डेटा माइक्रोसफ्टको सर्भरमा स्टोर हुनेछ।

यद्यपि सम्झौताको विषयमा अहिलेसम्म टिकटक वा माइक्रोसफ्ट कुनै पनि पक्षबाट आधिकारिक जानकारी सार्वजनिक। भारतपछि, अमेरिका टिकटकका लागि दोस्रो ठूलो बजार मानिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहित अन्य चिनियाँ एप अनि सफ्टवेयरहरू अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि यस विषयमा चर्को वहस चलिरहेको छ।

 अमेरिकामा टिकटककका सक्रिय प्रयोगकर्ताको संख्या आठ करोड छन्। टिकटक एपमार्फत् मानिसहरु नृत्य, गायन लगायतका विभिन्न विधामा नक्कल गर्न सक्छन्।

कलात्मक र मनोरन्जनात्मक भएका हुनाले मानिसहरु यस्ता भिडियो बनाउन रुचाउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .