ad ad

राजनीति


ओली–प्रचण्ड छलफल सकियो

ओली–प्रचण्ड छलफल सकियो

नेपालखबर
साउन १८, २०७७ आइतबार ७:५१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ।

प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान ९. ५५ बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै साढे तीन घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी रहेको स्रोतले जनायो।

आजको बैठकमा पनि कुनै सहमति हुन नसकेको र छलफललाई निरन्तर राख्ने विषयमा भने दुवै अध्यक्ष सहमत भएको स्रोतले बतायो।

असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो। सहमतिका लागी भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक–पटक छलफल भए पनि सहमति भने जुट्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .