हङकङमा दैनिक सयभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिँदै

हङकङमा दैनिक सयभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिँदै

नेपालखबर
साउन १८, २०७७ आइतबार ८:७,

यहाँ लगातार १२ दिनयता सयभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिएका हुन्।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ३३ सय ९६ पुगेको छ भने यहाँ ३३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।

संक्रमितमध्ये १८ सय व्यक्तिहरु उपचारपछि स्वस्थ बनेका छन्। केही समय अगाडि यहाँ कोरोना संक्रमितको दर शुन्यमा झरेको थियो।

तर पछिल्लो समय अवस्था गम्भीर बन्दै गएको छ। विज्ञहरुले हङकङमा कोरोनाको अवस्था भयावह बन्ने चेतावनी दिइरहँदा हङकङले चीनबाट विज्ञको टोली कोरोना नियन्त्रण गर्न बोलाएका छन्।

६० भन्दा बढी चिनियाँ चिकित्सकहरु हङकङ आउने बताइएको छ।

पछिल्लो समय हङकङमा दैनिक सयभन्दा बढी कोरोना संक्रमित बन्न थालेका छन्।

त्यसकारण यहाँ खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ।

यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .