ad ad

समाज


शनिबार किन कार्यालय गएका थिए सञ्जेल, जहाँ उनीमाथि आक्रमण भयो?

शनिबार किन कार्यालय गएका थिए सञ्जेल, जहाँ उनीमाथि आक्रमण भयो?

नेपालखबर
साउन १८, २०७७ आइतबार ७:४१,

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल शनिबार आफ्नै कार्यालयका महिला कर्मचारीबाट कुटिए।

भ्रष्टाचार विरोधी कर्मचारीका रुपमा परिचित सञ्जेललाई शनिबार बिहान ११ बजेतिर कार्यालयका दुई महिला कर्मचारीले हातपातको मोरङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार कार्यालय सहयोगीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले सञ्जेलमाथि आक्रमण गरेका हुन। दुवै कार्यालयका करारका कर्मचारी हुन।

शनिबार सार्वजनिक विदाको दिन थियो। सार्वजनिक विदाको दिन समेत सञ्जेल किन कार्यालय गएका थिए र यो घटना घट्यो भन्ने प्रश्न उब्जिएको छ?

प्रहरीका अनुसार काममा खटनपटनको विषयमा विवाद बढ्दा सञ्जेलमाथि आक्रमण भएको थियो। बाँकी विषय अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ।

‘कामको खटनपटनको विषयमा विवादका क्रममा कार्यालयकै दुई महिला कर्मचारीले हातपात गर्नुभएको रहेछ,’ प्रहरी उपरीक्षक खड्काले नेपालखबरसँग भने, ‘दुबै पक्षलाई कार्यालयमा बोलाएर छलफल गरिएको छ। बाँकी विषय अनुसन्धानकै क्रममा छन।’

सञ्जेलका अनुसार दुबै जना मिलेर टेबलमा रहेका सामानहरुले उनीमाथि आक्रामक गरेका थिए। आक्रमणबाट उनको औला, हात, आँखा, ओठ र अनुहारमा सामान्य चोट लागेको छ। सञ्जेलले नै बिहान साढे ११ बजेतिर फोन गरेपछि प्रहरी कार्यालय पुगेको थियो।

किन शनिबार कार्यालय गएका थिए सञ्जेल?
सञ्जेलले शनिबार आफूमाथि आक्रामण भएपछि दुबै महिला कर्मचारीविरुद्ध प्रहरीमा ज्यानमार्ने उद्योगमा मुद्या चलाई पाउँ भनी निवेदन दिएका छन।
सञ्जेलले प्रहरीमा दिएको जाहेरीमा लेखेका छन, ‘मलाई नियोजित रुपमा बोलाई ज्यानमार्ने उद्देश्यले हातपात गरेको हुँदा निजहरु दुवैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाई पाउ।’

उजुरीमा सञ्जेलले शनिबार कार्यालय जानुको कारण पनि उल्लेख गरका छन।

उनले लेखेका छन्, ‘कार्यालयमा पालो परिवर्तन गर्नुछ। तपाई नआई भएन भनी दुईजनाले कार्यालयको ल्याण्डलाइनबाट फोन तथा कार्यालय सवारी चालक निरज भट्टराईले समेत पटक पटक बोलाएको थिए। मैले कार्यालयको कोठाको सामानको फोटो खिचेर दुबैले मलाई मेसेन्जरमा बुझाउनु, म आउनुपर्दैन। आज लकडाउन छ भन्दा नआई हुन्न भनेका थिए।’

सन्जेलले अफिसमा पटक पटक चोरी भएको र अघिल्लो दिन शुक्रबार आक्रमणमा संग्लन नेत्र भट्टराईको बहिनी ज्वाई पर्ने निर्मलकुमार दाहालको काम सन्तोषजनक नभएकाले अवकाश दिएको तथा शनिबार राती भट्टराईकै काम गर्ने पालोपहरामा बस्नु परेको रिसिबी साध्न आफूमाथि आक्रमण भएको प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेका छन।

सन्जेलले प्रहरीमा दिएको निवेदन

निवेदनमा सन्जेलले उनीहरुले अफिस वरपरका होटेल छिमेकमा बसी योजना बनाएर चालक भट्टराईलाई कोठा बाहिर निकाली एक्कासी आफूमाथि पेपरवेट, पन्चिङ, नेमप्लेटले प्रहार गरेको बताएका छन।

महिला कर्मचारीले भने खरो स्वभावका सञ्जेलले कामका विषयमा धेरै तनाव दिने गरेको प्रहरीलाई बताएका छन। उनीहरुले काममा झर्केर बोल्ने गरेको आरोप सञ्जेलमाथि लगाएको प्रहरीले जनाएको छ।

२०७५ असोजमा विराटनगरको श्रम कार्यालयमा पठाए लगत्तै ७० दिनमै उनको सरुवा गरिएको थियो। त्यसबेला आफूलाई कार्यअवधि नपुगी गैरकानुनी रुपमा हटाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले उनको रिट उपर सुनुवाई गर्दा निजामती कर्मचारी ऐन विपरित सरुवा गरेको ठहर गर्दै उनको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .