ad ad

राजनीति


भारतले राफेल भित्र्याएपछि पाकिस्तानको प्रतिक्रियाः दिल्लीले चाहिनेभन्दा बढी शक्ति बढाउँदैछ

भारतले राफेल भित्र्याएपछि पाकिस्तानको प्रतिक्रियाः दिल्लीले चाहिनेभन्दा बढी शक्ति बढाउँदैछ

नेपालखबर
साउन १७, २०७७ शनिबार ६:४५,

भारतले यसैहप्ताको बुधबार फ्रान्सबाट पाँच राफेल युद्धक विमान भित्र्याएपछि पाकिस्तानको विदेश मन्त्रालयले यस विषयमा प्रतिक्रिया जनाउँदै भनेको छ,‘भारतीय हवाइ सेनाले हालै राफेल विमान प्राप्त गरेको खबर हामीले पाएका छौं। भारतका पूर्व सेना तथा अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राफेल विमानमा दोहोरो क्षमता हुन्छ। यसबाट परमाणु हतियार पनि प्रयोग गर्न सकिन्छ।’

पाकिस्तानी विदेश मन्त्रालयकी प्रवक्ता आइशा फारुकीका अनुसार भारतले चाहिनेभन्दा बढी सैन्य शक्ति बढाउँदै लगेको छ।

भारत र चीनबीच सीमा विवाद जारी रहँदा भारतले राफेल विमान भित्र्याएको हो। भारतले पुरा ३६ वटा यस्ता युद्धक विमान फ्रान्सबाट प्राप्त गर्नेछ। राफेल विमान भारतमा आएपछि भारतका रक्षामन्त्री राजनाथ सिंहले ‘सैन्य इतिहासमा नयाँ अध्याय सुरुवात’ भएको बताएका थिए।

भारत र पाकिस्तानबीच पनि जम्मु कस्मिरको सिमानामा विवाद भइरहन्छ। पाकिस्नाका अनुसार भारतले पछिल्लो समय आफ्नो परमाणु क्षमता बढाउँदै त्यसलाई आधुनिक बनाइरहेको छ।

पाकिस्तानले भारतले हिन्द महासागरमा परमाणु हतियार तैनाथ गरेको बताउँदै त्यस क्षेत्रमा सैन्य क्षमता थप बढाउँदै गरेको पनि जनाएको छ।

पश्चिमा देशले आर्थिक लाभका कारण भारतलाई हतियार बेचिरहेको र यो विषय अन्तर्राष्ट्रिय हतियार नियमको विपरित भएको पनि पाकिस्तानको भनाइ छ।

प्रवक्ता फारुकीका अनुसार यस्ता हतियार लेनदेनले विवादित र द्वन्द्व क्षेत्रमा हतियारको दौड रोक्न बनाइएको बिभिन्न निर्यात नियन्त्रण नियमको उल्लंघन गर्दछ।

उनले भारतले सैन्य क्षमता बढाउँदै जाँदा पाकिस्तानले यो विषय नजरअन्दाज गर्न नसक्ने र आफूहरुले पनि आवश्यक तयारी थाल्ने बताइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .