ad ad

राजनीति


व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमण स्वीकार गरिँदैन : मन्त्री भट्टराई

व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमण स्वीकार गरिँदैन : मन्त्री भट्टराई

नेपालखबर
साउन १७, २०७७ शनिबार ६:१३,

 संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगर्ने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं जनप्रतिनिधिसँग सर सल्लाह नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव तयार पारेको भन्दै त्यस क्षेत्रका स्थानीयवासीले विरोध गर्दै आइरहेका बेला मन्त्री भट्टराईले यस्तो घारणा सार्वजनिक गरेका हुन्।

उनले व्यक्तिगत र व्यापारिक अतिक्रमण स्वकार नगर्ने प्रस्ट पार्दै असहमतिबारे सरकार सबैसँग छलफल गर्न तयार रहेको बताएका छन्।

उनले शुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने र स्थानीय जात्रा र पर्वको पनि जगेर्ना गर्ने बताएका छन्।

‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गरिने छ। स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ’, सामाजिक सञ्जाल ट्विटरमा मन्त्री भट्टराईले लेखेका छन्, ‘व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भाइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन्। कुरा यहि हो।सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ।’

पशुपति क्षेत्र विकास कोषले त्यार गरेको गुरुयोजनाविरुद्ध स्थानीयहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन्। संघर्ष समितिले कोषका अध्यक्ष समेत रहेका मनत्री भट्टराईसँग गुरुयोजना खारेजीको माग गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .