ad ad

राजनीति


रुकुम घटनासम्बन्धी संसदीय समितिको प्रतिवेदन सरकारलाई पठाइयो

रुकुम घटनासम्बन्धी संसदीय समितिको प्रतिवेदन सरकारलाई पठाइयो

नेपालखबर
साउन १२, २०७७ सोमबार ११:२७,

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवदेन संघीय संसदले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ।

संघीय संसदको अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइएको हो। सो प्रतिवेदन साउन ८ गते पठाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

गत असार ३० गते रुकुम घटना छानविनका लागि गठित संसदीय समितिका संयोजक देबेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएकोमा सो समितिले समयमै प्रतिवेदन बुुझाएको हो।

अन्तरजातीय प्रेम विवाहसम्बन्धी विवाद हुँदा पश्चिम रुकुममा ६ जना युवाहरुको निर्मम हत्या भएपछि त्यसबारे छानबिन गर्न संसदले समिति गठन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .