ad ad

राजनीति


विद्यालय खोल्नेबारे भदौ १ गतेपछि नै निर्णय हुन्छ : उपप्रधानमन्त्री पोखरेल (अन्तर्वार्ता)

विद्यालय खोल्नेबारे भदौ १ गतेपछि नै निर्णय हुन्छ : उपप्रधानमन्त्री पोखरेल (अन्तर्वार्ता)

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ७:५५,

सरकारले बुधबारदेखि लकडाउनलाई हटाउँदै अधिकांश क्षेत्रलाई सुचारु गराएको छ। लकडाउन खोलेसँगै मानिसहरुको आवागमन बढेको छ। यसबाट संक्रमणको जोखिम बढेको छ। त्यस्तै भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक तथा बाह्य उडानलाई खोल्ने तयारी पनि सरकारले गरेको छ। यसबाट झनैबढी संक्रमणको जोखिम बढ्ने देखिन्छ।

मानिसहरुको जीवन र आर्थिक गतिविधिलाई अगाडि बढाउन पनि आवश्यक छ। त्यसका लागि लकडाउन खोल्नै पर्ने हुन्छ। तर, संक्रमणको जोखिम बढ्ने सम्भावना भएकाले सरकारले विशेष तयारी गर्नुपर्छ। लकडाउन अवधिभर सरकारले कुनै तयारी गरेको देखिँदैन। सम्भावित संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न सरकारले कस्तो तयारी गरेको छ। यसै विषयमा केन्द्रित रहेर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग  गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

सरकारले लकडाउन खोलेको घोषणा गरेको छ। कोरोना संक्रमणको जोखिम हटिसकेकाले लकडाउन खोलिएको हो?
सबैभन्दा पहिले लकडाउन खोलेको भन्ने समाचार आएको छ यसमा म के भन्छु भने हामीले प्रचलित शब्दलाई प्रयोग गरेर लकडाउन भन्यौं। लकडाउनको कुरा गरिरहँदा मान्छेको दैनिक जीवन र आर्थिक गतिविधिलाई पनि ख्याल गर्नुपर्ने भएकाले खासगरी संक्रमणलाई प्रभावित बनाउने विषयलाई ख्याल गरेर अरु कतिपय कुराहरुमा लचक हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं।

पहिलेदेखि नै हामीले कृषि उत्पादन औद्योगिक उत्पादनका सामग्रीहरु ल्याउने र आपूर्तिको प्रणालीलाई ठिक ढंगले चलाउने भन्ने कुरा गरेका थियौं। अहिले पनि हामीले कुनै पनि शैक्षिक संस्थाहरु खोलेका छैनौं। सभा सम्मेलनहरु हुन दिएका छैनौं। मनोरन्जन स्थलहरु बन्द छन्। त्यस्तै सैलुन, स्पा सञ्चालन गरिएको छैन। नाचघरहरु तथा सिनेमाहलहरु पनि बन्द गर्ने कुराहरुलाई हामीले कायम नै राखेका छौं।

त्यतिमात्रै होइन अन्तर जिल्ला सार्वजनिक यातायात पनि खोलेका छैनौं। निश्चित पोर्टोकललाई मेन्टेन गरेर सार्वजनिक यातायातहरु जिल्ला भित्र चल्ने कुरा गरेका छौं। यसको अर्थ लकडाउनलाई हामीले खुकुलो बनाएका छौं र खुकुलो किन बनाएका छौं भन्दा मान्छेका दैनिक जीवनहरुलाई सञ्चालन हुन दिन प¥यो र आर्थिक कारोबारलाई अगाडि बढाउनका लागि हो। अब बोलिचालीमा लकडाउन खुल्यो भन्ने छ। मान्छेको आवागमन त हामीले पहिलेदेखि नै सहज बनाएका हौं। यो कुरा गरिरहँदा समाजिक दुरी कायम गर्ने, सेनिटाइजेसनको कुरामा ख्याल गर्नुपर्ने र परीक्षणलाई अगाडि ढाउनुपर्ने कुराहरुमा हामीले जोड दिएका छौं।

लकडाउनको अवस्थामा समेत पर्याप्त तयारी हुन नसकेको देखिन्छ। अहिले लकडाउन हटेसँगै अपनाउनुपर्ने सतर्कतामा सरकारले ध्यान दिएको छ?
यो विषयमा अलिकति बुझाइमा सबैजना एकठाउँमा आउन जरुरी छ। संक्रमणलाई रोकथाम गर्ने कुरा सरकारको आदेशको कुरा मात्रै होइन । कफ्र्यु जस्तो कुरा पनि होइन्। यो नागरिकहरुको सचेतनाको कुरा हो। हामी सबै नागरिकहरु आफु सुरक्षित हुन प¥यो, आफू संक्रमणबाट बच्न प¥यो तवमात्रै समाजलाई हामी बचाउन सक्छौं, देशलाई बचाउन सक्छौं। नागरिकहरुको सचेतनाको कुरा पनि हो। हामी गैह्रजिम्मेवार भयौं, हामी सामाजिक दुरीलाई कायम गर्दैनौं, हाम्रो बानीलाई सुधार गर्दैनौं, सहमी सेनिटाइजेसनको कुरामा ख्याल गर्देनौं, हामी व्यायमका कुराहरुमा ख्याल गर्दैनौं भने सरकारले आदेश जारी गरेर मात्रै संक्रमणलाई रोक्न सकिँदैन।

लकडाउन खुलेसँगै सबै ठाउँमा भिडभाड बढेको छ। सरकारले कोरोना संक्रमणका लागि सचेतना जगाउन किन सकिरहेको छैन?
यसमा सरकारले गरिदिने के हो? सरकारले त त्यसको बारेमा बताउने हो। जस्तो भनौं हामीसँग परीक्षण गर्ने कुनै पनि ठाउँ नभएको बेलामा सरकारले पीसीआर परीक्षण गर्न मात्रै २८ वटा ठाउँमा सूदुरपूर्वदेखि सूदुरपश्चिमसम्म ल्याब बनायो। कोरोना डेडिकेटेड हस्पिटलहरु स्थापना गर्‍यौं। स्वास्थ्य सामग्री र औषधीको व्यवस्था गर्नका लागि जी टू जीमार्फत हामीले सामग्री खरिद गरेर उपलब्ध गराउने काम गर्‍यौं। निजी क्षेत्रले ल्याउँछ भने त्यसलाई पनि प्रोत्साहन गर्‍यौं।

म एउटा तथ्यांक्क भन्न चाहन्छु नेपालमा १८ हजार ९४ संक्रमण देखियो र अहिले संक्रमितहरु ५ हजार ३ सय ६८ छन। हाम्रो देशमा कुल संक्रमितहरु मध्ये ७० प्रतिशत भन्दा बढी निको भएका छन्। हामीले मृत्युको कुरा गरिरहदा ० दशमलव २३ प्रतिशत अर्थात ४२ जना मात्र हो। अहिले २ लाख ७ हजार ९ सय १८ क्वारेन्टिन बनाएका छौं। जसमा २० हजार ८ सय ४२ जना रहेका छन्। यो साउन ७ गतेसम्मको तथ्यांक हो। अहिले हामीले २८ ठाउँमा पीसीआर परीक्षण गर्ने ल्याब स्थापना गरेका छौं ।

नेपाल भन्ने मुलुक संसारको ४९ नम्बरमा पर्छ। कोरोना परीक्षण गर्ने मुलुमा ५० औं नम्बरमा, कोरोना संक्रमणको हिसाबले ६३ नम्बार र कोरोनाबाट मृत्यु हुने हिसाबले १ सय २० औं नम्बारमा पर्छ। दक्षिण एशियामा परीक्षण गर्ने मुलुकमा नेपाल अग्रस्थानमा पर्छ। जस्तो खालको अवस्था छ र साधन स्रोतको सीमितता छ त्यस्तो अवस्थामा हामीले यो व्यवस्थित गरेका छौं। हामीले काठमाडौंदेखि सबै प्रदेशमा कोरोना लक्षित अस्पताल स्थापना गर्‍यौं। ल्याबहरु स्थापना गर्‍यौं। परीक्षणको कुरालाई हामीले त्यही ढंगले अगाडि बढायौं।

अब हामी समुदायमा पनि परीक्षण गर्नुपर्छ भन्ने हिसाबले गएका छौं। अहिलेसम्म त साँच्चै भन्ने हो भने बाहिरबाट आएका मन्छेहरुको जनु ओभरफ्लो भयो भारतबाट झण्डै १० लाख मान्छेहरु आए होलान्। म नलुकाइकन भन्न चाहन्छु हाम्रो क्वारेन्टिनको त्यस्तो व्यवस्था थिएन। यस्तो अवस्थामा व्यवस्थापन गर्न हामीलाई हम्मेहम्मे परेकै हो। अहिले क्वारेन्टिनमा आएर बसेका मान्छेहरुको परीक्षण गर्ने कुरामा हामी फोकस छौं। अव समुदायमा पुगेर परीक्षण गर्ने कुरामा जानुपर्छ।

लकडाउन खुकुलो बनाइएपछि मान्छेहरुको सम्पर्क बढ्दै गएको छ। यो अवस्थामा सर्वसधारण कसरी सुरक्षित रहने? यसको रोकथामका लागि सरकारको तयारी के छ?
सबैभन्दा पहिलो मानिसहरुले सचेतनाको कुरामा ख्याल गर्नुपर्छ। संक्रमणबाट बच्नको लागि नागरिकहरु आफै सचेत भएनन भने सरकारको आदेशले मात्रै हुँदैन। त्यसपछि हाम्रो अस्पतालको प्रबन्धको कुरा हो। अस्पतालको प्रबन्ध अहिले जे अवस्था छ त्यसअनुसार हामीले सरकारी अस्पताल, निजी अस्पताल, सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरु र निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सचेत गराएका छौं। हामीले स्वाथ्यकर्मी र सुरक्षाकर्मीहरुको बीमा गर्ने, सतप्रतिशत भत्ता देखि ७५ प्रतिशत भत्ता सम्मको व्यवस्था गरेका छौं। हामीले हाम्रो परिवेश जे छ त्यही भित्रबाट गर्ने होला। हामीले यी चिजहरु गरेका छौं।

यसमा म अहिले पनि अनुरोध गर्न चाहन्छु– कस्तो खतराको बीचमा स्वास्थ्यकर्मीहरुले काम गर्नुभएको छ। कस्तो खतराको बीचमा सुरक्षाकर्मीहरुले काम गर्नुभएको छ। दिनरात नभनी खटेका खटनुभएको छ। आफैँ संक्रमणमा पर्न सक्ने भएकाले हामी गर्न सक्दैनौं भन्न सक्नुहुन्थ्यो, हामी जान्नौं भन्न सक्नुहुन्थ्या तर जानुभएको छ। मेरो भनाई के हो भने यो संक्रमण यो महामारी जुन छ यसको विरुद्धमा जुध्नको लागि सबै सरकार र सरकारभन्दा बाहिर रहेका सबै एकतावद्ध भएर लाग्नुपर्ने जरुरी छ । साझा काम हो भनेर ठान्नुपर्ने जरुरत छ। यो सरकारमा बस्ने रुलिङ पार्टीवालाहरुको मात्रै काम होइन।

मैले विशेष जोड दिन के खोजेको हो भने हामी प्रतिकूल अवस्थामा काम थाल्यौं यो महामारीविरुद्धमा जुध्न प्रारम्भ गर्‍यौं। अहिले हामी क्रमशः त्यो अवस्थाबाट सुधार गर्दै अगाडि बढ्दै छौं, यो चिजलाई देख्नुपर्‍यो। सबैलाई जिम्मेवारी पूर्वक ढंगले यसमा लाग्नको लागि म अनुरोध गर्न चाहन्छु। यस्तो अवस्थामा जो जसले सहयोग पुर्‍याउनु भएको छ म उहाँहरुलाई सम्मान गर्न पनि चाहन्छु। तपाई‌‌ एउटा घटना सम्झिनुहोस, चीनबाट आएका युवाहरुको कोरोना परीक्षण गर्ने रिएजेन्ट नभएको कारणले हङ्कङ पठाउनु परेको थियो। हामी त त्यो अवस्थामा थियौं। त्यो अवस्थामा भएको नेपाल आज २८ ठाउँमा ल्याबहरु स्थापना गरेर सबै ठाउँमा पीसीआर परीक्षण गराउने कुरा हामी गर्देछौं। यो त हामीले महत्वपूर्ण काम गरेका हौं। हामीले कोरोना डेडिकेटेड अस्पतालहरु स्थापना गर्‍यौं। हामीले राहतका कुराहरु गर्‍यौं। भने अनुसार भएन होला तर गर्न त गरेका छौं नि।

लामो दूरीका सार्वजनिक यातायात र हवाई उडानलाई पनि खोल्ने भनिएको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय पहुँच पनि बढ्छ र संक्रमणको जोखिम पनि बढ्ने छ। भदौ १ गतेपछिको अवस्थालाई सरकारले कसरी हेरेको छ?
यसमा के छ भने कहीँ संक्रमणको अलिकति गम्भीर स्थिति देखिने वित्तिकै हामी ती ठाउँहरुलाई तुरुन्तै सिल गर्न सक्छौं। हिजो लकडाउन गरिरहँदा अलिकति ध्यान नपुगेको के देखियो भने सोलोडोलो सबै ठाउँमा एकनासले गरिया,े वास्तवमा त्यसमा हामीले अलिकति स्पेसिफाई गर्नुपथ्र्यो। अहिले पनि लकडाउनलाई खुकुलो बनाइरहँदा कतिपय ठाउँमा संक्रमणको स्थिति देखियो भने त्यो ठाउँ सिल हुन्छ। त्यहाँ मुभमेन्टहरु रोकिन्छ, गतिविधिहरु सबै रोकिन्छन्। त्यो ढंगले जानुपर्छ भन्ने हाम्रो योजना छ।

मैले विशेष जोड दिन के खोजेको हो भने हामी प्रतिकूल अवस्थामा काम थाल्यौं यो महामारीविरुद्धमा जुध्न प्रारम्भ गर्‍यौं। अहिले हामी क्रमशः त्यो अवस्थाबाट सुधार गर्दै अगाडि बढ्दै छौं, यो चिजलाई देख्नुपर्‍यो। सबैलाई जिम्मेवारी पूर्वक ढंगले यसमा लाग्नको लागि म अनुरोध गर्न चाहन्छु। यस्तो अवस्थामा जो जसले सहयोग पुर्‍याउनु भएको छ म उहाँहरुलाई सम्मान गर्न पनि चाहन्छु। तपार्इं एउटा घटना सम्झिनुहोस, चीनबाट आएका युवाहरुको कोरोना परीक्षण गर्ने रिएजेन्ट नभएको कारणले हङ्कङ पठाउनु परेको थियो। हामी त त्यो अवस्थामा थियौं। त्यो अवस्थामा भएको नेपाल आज २८ ठाउँमा ल्याबहरु स्थापना गरेर सबै ठाउँमा पीसीआर परीक्षण गराउने कुरा हामी गर्देछौं। यो त हामीले महत्वपूर्ण काम गरेका हौं। हामीले कोरोना डेडिकेटेड अस्पतालहरु स्थापना गर्‍यौं। हामीले राहतका कुराहरु गर्‍यौं। भने अनुसार भएन होला तर गर्न त गरेका छौं नि।

लामो दूरीका सार्वजनिक यातायात र हवाई उडानलाई पनि खोल्ने भनिएको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय पहुँच पनि बढ्छ र संक्रमणको जोखिम पनि बढ्ने छ। भदौ १ गतेपछिको अवस्थालाई सरकारले कसरी हेरेको छ?
यसमा के छ भने कहीँ संक्रमणको अलिकति गम्भीर स्थिति देखिने वित्तिकै हामी ती ठाउँहरुलाई तुरुन्तै सिल गर्न सक्छौं। हिजो लकडाउन गरिरहँदा अलिकति ध्यान नपुगेको के देखियो भने सोलोडोलो सबै ठाउँमा एकनासले गरिया,े वास्तवमा त्यसमा हामीले अलिकति स्पेसिफाई गर्नुपथ्र्यो। अहिले पनि लकडाउनलाई खुकुलो बनाइरहँदा कतिपय ठाउँमा संक्रमणको स्थिति देखियो भने त्यो ठाउँ सिल हुन्छ। त्यहाँ मुभमेन्टहरु रोकिन्छ, गतिविधिहरु सबै रोकिन्छन्। त्यो ढंगले जानुपर्छ भन्ने हाम्रो योजना छ।

लगभग सबै क्षेत्र खुलेका र खोल्ने तयारीमा भएको बेला विद्यालयलाई खोल्ने तयारी किन गरिएन?
हामीले अन्तरिक उडान र बाह्य उडानलाई खोलिहालेका होइनौं। संक्रमणको यही स्थिति भयो भने हामी खोल्न सक्छौं भनेर भनेका छौं। त्यसलाई पनि स्पेसिफाई गर्न बाँकी छ। यही अवस्थामा संक्रमणको स्थिति डरलाग्दो भएन अलि कम हुँदै गयो भने हामी त्यसमा जान्छौं भनेर भनेका हौं। विद्यालयको कुरा के हो भने कन्सन्ट्रेटेड हुने ठाउँ हो। जस्तो सभा, सम्मेलन, भेला, पब्लिक कार्यक्रमका कुरा सबै बन्द छन्। त्यसैले विद्यालयमा हामीलाई के लागेको हो भने संक्रमणको डरलाग्दो क्षेत्र हो। तर संक्रमणको स्थिति घट्दै आयो र थोरै सावधानी लिँदा पनि हुने स्थिति भयो भने केही सावधानी अपनाएर शैक्षिक संस्थाहरु पनि खोल्नुपर्ने हुन्छ। अहिले हामीले शैक्षिक संस्थाको हकमा के गरेका छौं भने भर्ना, अभिलेख राख्ने, कक्षाहरुलाई आउने दिनमा कसरी व्यवस्थित ढंगले सञ्चालन गर्ने यो कामको लागि खुला गर्न खोजेका छौं। हामीलाई भदौ १ गतेपछि त्यो गर्नुपर्छ कि भन्ने लागेको छ। त्यो बेलासम्म संक्रमणले कुन रुप देखाउँछ सोही आधारमा हामी तय गर्छौं।

सरकारी विद्यालयहरुलाई त यो व्यवस्थाबाट ठिक भएको होला। तर, यसले निजी विद्यालय र अभिभावकबीच द्वन्द्व हुने अवस्था आएको छ। यो समस्यालाई सरकारले नजरअन्दाज गरेको हो अथवा अरु केही तयारी हुँदैछ?
निजी क्षेत्रसँग जोडिएर आएको यो समस्याको बारेमा शिक्षा मन्त्रालयले अभिभावकका भनाइहरु निजी क्षेत्रबाट सञ्चालन भएका शैक्षिक संस्थाहरुका बीचमा पनि मन्त्रालयको तर्फबाट संवाद गरेर समाधानको उपयुक्त प्रस्ताव बनाउँदै छ।

भनेपछि हामी छिट्टै शुल्क पनि तोक्न सक्छौं?
त्यसमा के गर्ने अभिभावकहरुले कति सेक्रिफाइज गर्ने भन्ने हो। निजी क्षेत्रका विद्यालयहरु पनि समस्यामा त हुन्छन् अनि अभिवावक पनि अप्ठेरोमा पर्छन्। त्यसकारण हामी दुवैको समस्यालाई ख्याल गर्नुपर्छ भन्ने हो।

अन्त्यमा अहिलेको अवस्थामा सरकारकारको तर्फबाट केही भन्नु छ?
नेपाल सरकारको प्रवक्ताको तर्फबाट सञ्चार माध्यमहरुलाई सार्वजनिक गरिएको भनाइमा पनि आएको छ। लकडाउन भन्ने वित्तिकै यसका नकारात्मक सोचहरु तथा गतिविधिहरु पनि हुने भएकाले हामीले त्यो लकडाउन शब्द अहिले प्रयोग गर्दैनौं भनेर उहाँले भन्नुभएको छ। त्यस्तै हामीले सावधानी के केमा लिन्छौं भनेर निश्चित क्षेत्रका बारेमा बताउनुभएको छ। शैक्षिक संस्थाहरु, सार्वजनिक सभा समारोहहरु, मनोरन्जनका गतिविधिहरु र खेलकुदका कार्यक्रमहरु अहिले हुँदैनन्। ती कुराहरु अर्को मिति नतोक्दासम्म हुँदैन भनेर भनिएको छ। यसको अर्थ के हो भने हामी ती सबै कुरामा सावधानीमा छौं।

सार्वजनिक यातायातको बारेमा निश्चित मापदण्ड पालना गरेर मात्रै जिल्ला भित्र सञ्चालन गर्छौं तर लामो दूरीका सार्वजनिक यातायात चलाउनुभन्दा पहिला निश्चित सावधानीअन्तर्गत मात्रै रहेर गर्ने भनेर भनिएको छ। औद्योगिक उत्पादनहरु, कृषि उत्पादनका वस्तुहरुलाई बजार ल्याउने कुराहरुमा पनि हामी लचक छौं। यसमा के जोडन चाहन्छु भने हामीले आज कोरोना संक्रमणको महामारीबाट जुन आतंक सिर्जना भएको छ त्रसित हुनुपरेको छ यदि हामीले आर्थिक गतिविधिलाई व्यवस्थित ढंगले लगेनाँै भने आजको महामारी भोलि भोकमरीमा परिणत हुँदा डरलाग्दो परिणाम भोग्न हामी बाध्य हुनेछौँ। त्यसकारणले त्यो नहोस भन्नका लागि पनि हामीले यो गरेको हो।

म सबै जनसमुदायलाई के भन्न चाहन्छु भने संक्रमणको विरुद्धमा जुध्ने कुरा केवल सरकारको, सरकारी संयन्त्रको मात्रै काम होइन आम नागरिकहरुको काम पनि हो। नागरिकहरुमा सचेतनता नहुने हो, नागरिकहरुले सरकारलाई सकारात्मक ढंगले नसघाउने हो भने यो संक्रमणविरुद्धको लडाईंमा हामी जित हासिल गर्न सकदैनौँ। आजसम्म जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं साथ समर्थन पाएका छौं यसकै कारणले नेपाल संक्रमणको चपेटामा परेको भए पनि कम संक्रमण भएको देशमा छ। मैले अघि तथ्यांकहरु बताए कि संसारका संक्रमित देशहरुमा नेपाल तल छ। यद्यपी धेरै खालका हाम्रा सीमाहरु छन्, समस्या छन्। यति हुँदाहुँदै पनि हामी संक्रमणको ठुलो क्षति हुनबाट बचाइराखेका छौं। जनताको साथ सहयोग नभएको भए, स्वास्थ्यकर्मीहरुको योगदान नभएको भए, सुरक्षाकर्मीहरु यसमा नलागेको भए यो हुने थिएन। त्यसकारणले सबैको साथ सहयोगले हामीले उपलब्धी हासिल गरेका छौं। थप जोखिमबाट बचाउनको लागि सहयोगको आवश्यक छ। अरु साथ सहयोगको लागि म अनुरोध गर्न चाहन्छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .