सरकारका एकजना मन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कमजोर भएका कारण सत्तारुढ नेकपाकै नेताहरु नै प्रतिपक्षी भूमिकामा उत्रिएको बताएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सो धारणा राखेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मन्त्री गुरुङले नेपालको राजनीतिमा प्रतिपक्ष कमजोर हुँदा पार्टीभित्रै प्रतिपक्ष खडा भएको तर्क गरेका छन्।
सत्तारुढ नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले पद छाड्न दबाब दिइरहेका बेला गुरुङले सामाजिक सञ्जालमार्फत् सो धारणा सार्वजनिक गरेका हुन्।
उनले प्रमुख प्रतिपक्ष बलियो भएको भए नेकपाभित्र अहिलेको अवस्था नआउने दाबी समेत गरेका छन्।
‘सकेसम्म छिटो एकताको महाधिवेशन गरेर पार्टीभित्रको प्रतिपक्षी भूमिकाको व्यवस्थापन गरौं,’ उनले लेखेका छन्।
नेपालको राजनीतिमा प्रतिपक्ष कमजोर हुँदा पार्टीभित्रै प्रतिपक्ष खडा भएको छ । प्रतिपक्ष बलियो भएको भए नेकपाभित्र अहिलेको अवस्था आउने थिएन । सकेसम्म छिटो एकताको महाधिवेशन गरेर पार्टीभित्रको प्रतिपक्षी भूमिकाको व्यवस्थापन गरौं ।

प्रतिक्रिया