यसबीचमा सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासले चिनियाँ जनमुक्ति सेनाको वैज्ञानिक लुकाएको अमेरिकाले अरोप लगाएको छ।
ताङ जुआन नाम गरेकी महिलाले अमेरिकी भिषा लिने समयमा चिनियाँ जनमुक्ति सेनासँग सम्बन्ध भएको विषय लुकाएकी थिइन्।
तर अनुसन्धान गर्दा उनी चिनियाँ जनमुक्ति सेनाको वैज्ञानिक भएको पत्ता लागेको अमेरिकी अधिकारीहरुले बताएका छन्।
चिनियाँ जनमुक्ति सेनाको पहिरन लगाएको फोटो उनको साथमा देखेपछि उनीमाथि अमेरिकी अधिकारीले अनुसन्धान पनि गरेका थिए तर उनले अध्ययनका क्रममा त्यस्तो पहिरन लगाएको प्रतिक्रिया जनाएको सीएनएनले जनाएको छ।
तर एफबीआइले अनुसन्धानका क्रममा उनको सम्बन्ध जनमुक्ति सेनासँग भएको खुलेको बताएको छ।
उक्त अनुसन्धानपछि उनी सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावास गएको अमेरिकाको भनाइ छ।
उनी त्यहाँ लुकेको र दूतावासले उनलाई लुकाएको अमेरिकाको आरोप छ। चीनले जुआनजस्ता अन्य वैज्ञानिकहरु पनि अमेरिका पठाएको अमेरिकी आशंका छ।
कोरोना भाइरस प्रकोपबीच अमेरिकाले कोरोनाविरद्धको खोप बनाइरहँदा चीनले सूचनामा पहुँच पाउन ह्याकरहरु खटाएको हालै अमेरिकाले आरोप लगाएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया