राजनीति


‘सैनिक आचार संहिता’ सप्ताहको समापन

‘सैनिक आचार संहिता’ सप्ताहको समापन

नेपालखबर
साउन ८, २०७७ बिहिबार ९:६,

यही साउन १ गतेदेखि सञ्चालन भएको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सप्ताहको आज समापन भएको छ।

ज‌ंगी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहीबार आयाेजित एक विशेष समारोहका बीच बलाधिकृत रथी प्रभुराम शर्माले कार्यक्रमको समापन गरे।

सप्ताहको समापन गर्दै बलाधिकृत रथी शर्माले संविधान प्रदत्त जिम्मेवारीलाई निसंकाेच बहन गर्नको निमित्त कटिवद्ध नेपाली सेनाको सबैभन्दा सुक्ष्म इकाईको रुपमा रहेको व्यक्तिले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र उर्जाशिल बनाउनु पर्ने बताए।

उनले कार्य सम्पादनको सिलशिलामा आउन सक्ने दुविधाहरुलाई निराकरण गर्न सबैले आफ्नो मन, वचन र कर्मलाई शुद्ध बनाउन अपरिहार्य रहेको उल्लेख गर्दै सेवामा रहँदा मात्र नभई सेवा निवृत्त भएपछि पनि सकलदर्जाले सैनिक मर्यादा पालना गर्नुपर्ने विषयमा जोड दिएका थिए।

सप्ताहव्यापी उक्त कार्यक्रममा कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखी सञ्चालन गरिएको थियो भने कार्यक्रमलाई नेपाली सेनाका सबै युनिटहरुमा अवलोकन गर्न मिल्ने गरि ‘लाइभ मल्टिकास्ट’ समेत गरिएको थियो।

कार्यक्रममा नेपाली सेनाका सकलदर्जाले विभिन्न परिस्थितीमा आफ्नो भूमिका र जिम्मेवारीहरुलाई संयमताका साथ सुझबुझपूर्ण तवरले सम्पादन गर्न आवश्यक विषयवस्तु समावेश गरिएको थिय। कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो।

कार्यक्रम सञ्चालनबाट नेपाली सेनामा कार्यरत सकलदर्जा बीच विश्वासको वातावरण सिर्जना भई थप अनुशासित, नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad