कारोबार


यति र तारा एयरलाइन्सद्वारा नियमित उडानका लागि बुकिङ खुला

यति र तारा एयरलाइन्सद्वारा नियमित उडानका लागि बुकिङ खुला

नेपालखबर
साउन ८, २०७७ बिहिबार ८:५३,

सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन्।

लक डाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन्। संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन्।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गरे। सम्पूर्ण सुरक्षाका उपाय अपनाएकाले ढुक्क भएर यात्रा गर्न उनले आग्रह गरे।

उनले भने, ‘प्यासेन्जर ढुक्क भए हुन्छ। सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ। मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन।’

कोभिड अगाडिको अवस्था भन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको छ। सुरक्षा जाँचदेखि लिएर सम्पूर्ण प्रोटोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडि नै यात्रुहरुलाई बोलाइएको हो। यात्रुहरुले कोभिड अगाडिकै मूल्यमा विमानमा यात्रा गर्न पाउने उनले बताए।

यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ। साथै, तारा एयरको पनि बुकिङ खुला गरिएको छ।

आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उनले बताए। विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, चेक इन गर्दा १ सय दशमलव ४ डिग्री भन्दा बढी तापक्रम भएमा यात्रा प्रतिवन्ध लगाइने गरि यसअघि नै प्राटोकल बनिसकेको छ। कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ।

यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु निषेध गर्दै शौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ। यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्यानीटाइटर प्रयोग गर्नुपर्ने छ। कुकुर विरालो जस्ता कुनै पनि घर पालुवा जनावर ओसार पोसार गर्न पाइने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad