राजनीति


हिन्द महासागरमा भारत-अमेरिका संयुक्त सैन्य अभ्यास, चीनलाई चुनौती हो?

हिन्द महासागरमा भारत-अमेरिका संयुक्त सैन्य अभ्यास, चीनलाई चुनौती हो?

नेपालखबर
साउन ७, २०७७ बुधबार २:४२,

भारत र अमेरिकाका नौसेनाले हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गरेका छन्। यो गतिविधि यस्तो बेला गरिएको छ, जतिबेला भारत र चीनबीच सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा तनाव भइरहेको छ। 

याे पनिलद्दाख पुगेर मोदीले भनेः विस्तारवाद विश्व शान्तिका लागि खतरा हो

त्यसो भए भारतीय र अमेरिकी सेनाको यो संयुक्त अभ्यास चीनलाई सन्देश दिनका लागि गरिएको हो?

यो अभ्यास अन्डमान र निकोबार टापु नजिक गरिएको हो, जहाँ भारतीय नौसेनाको ‘इस्टर्न फ्लिट’ पहिलेदेखि तैनाथ छ।

भारतीय नौसेनाका प्रवक्ताका अनुसार उक्त संयुक्त अभ्यास वास्तवमा ‘प्यासेज व्यायाम’ कै एक हिस्सा हो। जुन समय समयमा अर्काे देशका नौसेनासँग गर्ने गरिन्छ।

उनले भनेका छन्, ‘अमेरिका युद्धपोतको टोली ‘यूएसएस निमित्ज’ हिन्द महासागर हुँदै गइरहेको थियो, त्यही क्रममा दुई देशका नौसेना मिलेर अभ्यास गरेका हुन्।’

प्रवक्ताका अनुसार यसअघि पनि भारतीय नौसेनाले जापान र फ्रान्सका नौसेनासँग यस्तो अभ्यास गरिसकेका छन्।

तर रणनीतिक मामिला विज्ञका अनुसार हिन्द महासागरको यो क्षेत्र ज्यादै महत्त्वपूर्ण छ, किनकि यो व्यापार मार्ग पनि हो र कैयौं शक्तिशाली देश जस्तै : अमेरिका दक्षिण चीन सागरमा यस्तै अभ्यासमा माध्यमबाट आफ्नो सैन्य बल तैनाथ गर्न पठाउँछ। यस्तो अवस्थामा अन्डमाना र निकोबार टापु उसका लागि रणनीतिक हिसाबले निकै अर्थपूर्ण छ। 

अमेरिकी नौसेनाले भने यस्तो अभ्यासले हवाई सुरक्षासहित सैन्य कौशलता बढाउन मद्दत गर्ने बताएको छ। साथै यसबाट दुई देशका सेनाको क्षमता बढ्ने र समुद्र मार्ग भएर आउने कुनै पनि खतरा र आतंकवादविरुद्ध मिलेर लड्न सकिन्छ।

भारतीय नौसेनाका अनुसार यस वर्षको अन्त्यमा पनि भारतीय सेनाले अस्ट्रेलिया, अमेरिका र जापानका सेनासँग मिलेर पश्चिम बंगालको खाडीमा अभ्यास गर्नेछन्।

रणनीतिक विज्ञ सुशान्त सरिनले बीबीसीसँग कुरा गर्दै भने, ‘पहिले यस्तो अभ्यास हुन्थ्यो भने भारतमै यसको विरोध गरिन्थ्यो। तर चीनसँग गलवान उपत्यकामा जुन घटना भयो, त्यसपछि यस्तो अभ्यासलाई स्वागत गरिएको छ।’

उनका अनुसार यसमा कुनै शंका छैन कि भारत र चीनबीच रणनीतिक निकटता बढ्दै गएको छ। भारतले अमेरिकासँग धेरैवटा रणनीतिक सम्झौता पनि गरेको छ।

हिन्द महासागर हरेक देशका लागि महत्वपूर्ण छ। वास्तवमा जसरी दक्षिण चीन सागरमा आफ्नो अधिकार स्थापित गर्ने होडबाजी चलिरहेको छ, त्यहाँ पुग्नका लागि अमेरिका र अन्य शक्तिशाली मुलुकको युद्धपोतका लागि हिन्द महासागर धेरै महत्वपूर्ण छ।

रणनीतिक विज्ञ सरिनका अनुसार चीनले पनि दक्षिण चीन सागरमा आफ्नो दबाब बढाइरहेको छ। केही दिनअघि भारतीय नौसेनाले चीनका सेनालाई इन्डोनेसियामा चुनौती दिएको थियो। तर पछि हट्नुपर्दा उनीहरूलाई पीडा भएको थियो।

तर पनि भारत कुनै सैन्य गठबन्धनको हिस्सेदार नहुने अर्थात् तटस्थ रहने रणनीतिक विज्ञको दाबी छ। भारतका विदेशमन्त्री एस जयशंकरले पनि भारत कुनै सैन्य गठबन्धनको हिस्सा नहुने बताएका छन्।

तर चीनसँग झडपछि भने भारतले अन्य देशसँग रणनीतिक सम्बन्ध पहिलेभन्दा बढी बलियो बनाउने कुरामा ध्यान दिएको छ। अमेरिकी नौसेनासँगको संयुक्त अभ्यास यसैको एउटा रूप हो।

रक्षा विज्ञ राहुल बदी यस्ता अभ्यास गरेर भारत, चीनलाई आफू एक्लो नभएको र अमेरिकासमेत आफ्नो साथमा रहेको सन्देश दिन चाहेको ठान्छन्। उनी भन्छन्, ‘चीनका नौसेना पनि निकै शक्तिशाली छ र उसले ध्वस्त पार्न सक्ने धेरै लामो मिसाइल विकास गरेको छ।’ तर पनि भारतले हिन्द महासागरमा आफ्नो सैन्य शक्ति बढाएको अवस्था छ।

अमेरिकाकाे ‘यूएसएस निमित्ज’ निमित्ज सबैभन्दा ठूलाे युद्धपोत ठूलो हो। जसले धेरै ठूलठूला युद्ध गर्न सक्छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad