ट्रम्पले ट्वीटमा अमेरिका ‘अदृश्य चिनियाँ भाइरस’लाई पराजित गर्द एकजुट भएको बताएका हुन्।
यसअघि विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसलाई क्षेत्रीय दृष्टिकोणबाट हेर्न नहुने बताउँदै ट्रम्पको आलोचना गरेपछि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्न छाडेका थिए।
यतिबेला ट्रम्पले डब्लूएचओसँगको सम्बन्धविच्छेद गरिसकेका छन्।
चीनसँग विभिन्न विषयमा विवाद बढ्दै गएको समयमा ट्रम्पले पुनः कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेका हुन्।
सो क्रममा ट्रम्पले मास्क लगाउनु राष्ट्रवाद भए आफूजस्तो राष्ट्रवादी कोही नभएको पनि दाबी गरे।
ट्रम्पले ट्वीटमा भनेका छन्,‘हामी अदृश्य चीन भाइरसलाई पराजित गर्न एकजुट छौं र केही मानिस भन्छन् कि सामाजिक दुरीको नियम पालना गर्न नसकिएको अवस्थामा मास्क लगाउनु राष्ट्रवाद हो। त्यसोभए म जस्तो राष्ट्रवादी कोहीछैन। तपाइँको मनपर्ने राष्ट्रपति।’
We are United in our effort to defeat the Invisible China Virus, and many people say that it is Patriotic to wear a face mask when you can’t socially distance. There is nobody more Patriotic than me, your favorite President! pic.twitter.com/iQOd1whktN
ट्वीटमा ट्रम्पले मास्क लगाएको फोटो पनि पोस्ट गरेका छन्।
ट्रम्पले मास्क लगाउन थालेको धेरै भएको छैन। यसअघि ट्रम्पले कोरोना भाइरसलाई सामान्य रुघाखोकी मात्र भएको बताउँथे। उनले आफूले कहिल्यै मास्क नलगाउने र कोरोनाविरुद्धको उपाय अबलम्ब नगर्ने बताउँदै आएका थिए।
हाल अमेरिका कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। अमेरिकामा हालसम्म ३९ लाखभन्दा बढी संक्रमित छन् त्यहाँ १ लाख ४३ हजारको मृत्यु भइसकेको छ।

प्रतिक्रिया