राजनीति


नेकपा स्थायी कमिटी बैठक आज

नेकपा स्थायी कमिटी बैठक आज

नेपालखबर
साउन ६, २०७७ मंगलबार ३:४५,

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आजको लागि बोलाइएको छ। पटकपटक स्थगित हुँदै आएको बैठक आज (मंगलबार) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

नेकपाका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बिहान ११ बजे बैठक बस्ने सूचना आएको जानकारी दिए। ‘बिहान ११ बजे बैठक बस्छ। आज स्थगित हुने कुरा छैन,’ नेता पोखरेलले नेपालखबरसँग भने।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रुपमा उठेको छ।

आफ्नै राजीनामाको माग बैठकको मुख्य एजेण्डा बनेपछि ओलीले बैठकलाई पर धकेल्दै लगेका छन्। जसको कारण बैठक पटकपटक स्थगित हुँदै आएको छ।

स्थायी कमिटी बैठक रोकेर ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक एक्लाएक्लै छलफल गरे पनि सहमति जुट्न सकेको छैन। प्रचण्डले पनि प्रधानमन्त्री ओलीसहित आफू निकटका नेताहरुसँग छलफल तीब्र बनाएका छन्।

तर, ओलीको कार्यशैलीबाट असन्तुष्ट प्रचण्ड-माधव नेपाल पक्षमा पनि ठोस सहमति जुटेको छैन। प्रधानमन्त्री ओलीले भने कुनै पनि हालतमा आफूले दुबै पद नछाड्ने अडान लिँदै आएका छन्।

साउन ३ गते बसेको सचिवालय बैठकमा ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। उक्त प्रस्तावको विषयमा पनि आजको स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ।

नेकपाका शीर्ष नेताहरुले महाधिवेशनको विषयमा फरकफरक धारणा व्यक्त गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad