लगातार वर्षाका कारण देशैभर बाढीपहिरो तथा डुबानको खतरा बढिरहेको छ। कतिपय स्थानमा जनधनको क्षतिसमेत भइरहेको छ।
यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले हरेक दिन, हरेक पल कुन कुन नदी, खोलामा बाढी आउँछ र कहाँ कहाँका बासिन्दाले सतर्क रहनुपर्छ भन्ने जानकारी दिइरहेको छ।
यसै क्रममा महाशाखाले मंगलबार बिहान ७ बजे २४ घण्टाको बाढी पूर्वानुमान सूचना जारी गरेको छ।
यस्तै महाशाखाले बिहान साढे ८ बजेतिर ट्विटमार्फत जारी गरेकाे सूचनाअनुसार नारायणी र सहायक नदीमा बहाव खतरा माथि हुने र त्यसले नवलपरासीको सुस्तामा डुबानमा पर्ने जोखिम छ।
यस्तै कोसी नदीको सतह पनि खतरा नजिक पुग्ने सम्भावना छ भने कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्ती नदीको जलस्तर पनि सतर्कता चिह्न आसपास पुग्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुराेध गरेकाे छ।
२४ घण्टाका लागि विस्तृत सूचना यहाँ:

याे पनि :
काठमाडौंमा पनि ‘भारी वर्षा’, बारामा ‘अति भारी वर्षा’
‘पर्सिसम्म यस्तै पानी पर्छ, पहिरोको जोखिम झन् बढ्छ’ (सन्देशमूलक भिडियो)
Shares

प्रतिक्रिया