राजनीति


निजी शैक्षिक संस्थालाई शिक्षा मन्त्रालयकाे आग्रह: मौद्रिक नीतिले माग समेटेको छ, अनलाइन कक्षा नरोक्नु

निजी शैक्षिक संस्थालाई शिक्षा मन्त्रालयकाे आग्रह: मौद्रिक नीतिले माग समेटेको छ, अनलाइन कक्षा नरोक्नु

नेपालखबर
साउन ४, २०७७ आइतबार १४:३९,

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी शैक्षिक संस्थालाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।

हालै सार्वजनिक भएको मौद्रिक नीतिले निजी शिक्षण संस्थालगायत व्यवसायीको माग सम्बोधन गरेको भन्दै मन्त्रालयले अनलाइन कक्षा नरोक्न आग्रह गरेको हो।

मन्त्रालयले असार १ गतेदेखि सञ्चालनमा ल्याइएको वैकल्पिक शिक्षण प्रणालीबारे केही समस्या भए स्थानीय तहसँग समन्वय गर्न पनि भनेको छ।

देशभरका शैक्षिक संस्थाहरुले दूरशिक्षा अन्तर्गत टेलिभिजन, रेडियो वा अनलाइनबाट विद्यार्थीहरुलाई पठन पाठन गराइरहेका छन् तर निजी शैक्षिक संस्थाहरुले सञ्चालन गरिहेको अनलाइन कक्षा अहिले बन्द गरेका छन्।

शिक्षा_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad