राजनीति


प्रचण्डलाई घाँटीको संक्रमण, सबै कार्यक्रम स्थगित

प्रचण्डलाई घाँटीको संक्रमण, सबै कार्यक्रम स्थगित

नेपालखबर
साउन १, २०७६ बुधबार १२:४,

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घाँटीको संक्रमण भएको छ। उनी बुधबारदेखि औषधि खाएर घरमै आराम गरिरहेका छन्।

‘खासै ठूलो समस्यो होइन। घाँटीमा संक्रमण भएको हो। औषधि खाएर घरमै आराम गरिरहनु भएको छ,’ दाहालको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘तीन दिन नबोली आराम गर्न चिकित्सकहरुले सुझाव दिनुभएको छ। त्यसैअनुसार घरमा आराम गरिरहनु भएको छ। अहिले तत्काललाई सबै कार्यक्रमहरु स्थगित भएका छन्।’

उनलाई केही दिनदेखि घाँटीको संक्रमण भए पनि बेवास्ता गर्दै कार्यक्रम तथा भेटवार्तामा सहभागी भइरहेका थिए।

दाहालले मंगलबार मात्रै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा लामो बैठक गरेर पार्टी एकीकरणको बाँकी विषयमा सहमति गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .