राजनीति


विप्लवसँग वार्ताको विकल्प छैन भन्नेमा सरकार पुगेको छः पाण्डे

विप्लवसँग वार्ताको विकल्प छैन भन्नेमा सरकार पुगेको छः पाण्डे

नेपालखबर
साउन १, २०७६ बुधबार १२:२,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सरकारले गठन गरेको वार्ता टोलीका तत्कालिन संयोजक सोमप्रसाद पाण्डेले विप्लव नेतृत्वको नेकपासँग वार्ता विकल्प छैन भन्नेमा सरकार पुगेको बताएका छन्। रिपोटर्स क्लबद्वारा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै पाण्डेले विप्लव समूह पनि वार्ता गर्न तयार रहेको बताए। 

‘वार्ताको विकल्प छैन् भन्ने कुरामा सरकार पुगेको छ। विप्लव समूहका नेताहरुपनि वार्ताको लागि तयार हुनुहुन्छ’ पाण्डेले भने। सरकारले विप्लव नेतृत्वको नेकपाले गर्दै आएको गतिविधि आतंककारी भएको निष्कर्ष निकाल्दै सो दलमाथि प्रतिबन्ध लगाएको छ। पाण्डेले सरकारको तर्फबाट आफूले विप्लव समूहसँग अनौपचरिक वार्ता गरिरहेको बताए।

‘सरकारको तर्फबाट मैले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता तथा छलफल गरेको छु। तर, अहिलेसम्म औपचारिक रुपमा वार्ता भएको छैन्’ रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने।

सो कार्यक्रममा उनले विप्लव नेतृत्वको नेकपाका नेता गुणराज लोहनीमार्फत सम्पर्क बढाएर वार्ता भैरहकोे बताएका छन्।

‘सरकार द्वन्द्व चाहँदैन। हामी हिंसा चाहँदैनौं। हामी त सुशासन र समृद्धि चाहन्छौं। त्यही भएर सरकारले मेरै नेतृत्वमा ०७५ भदौ ०८ गते उच्चस्तरीय वार्ता टोली बनाएको थियो। मैले धेरै सशस्त्र समूहसँग वार्ता गरेर उनीहरुलाई मूलधारमा ल्याएको छु’ पाण्डेले भने, ‘मेरो नेतृत्वको टोलीले विप्लवसँगमात्रै सहमति गर्न सकेको छैन। अहिलेपनि म्याद सकिएपनि मैले वार्ताको पहल गरिरहेको छु।’

उनले सरकारले अहिलेपनि विप्लवसँग वार्ताको ढोका खोलेको सुनाए। पाण्डेले अहिलेसम्म सरकारले लिखित रुपमा वार्ताको लागि पत्राचार नगरेको स्पष्ट पारे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad