कारोबार


पुराना ‘ग्राउन्ड ह्यान्डलिङ’ उपकरण बेच्दा निगमलाई ३२ लाख आम्दानी

पुराना ‘ग्राउन्ड ह्यान्डलिङ’ उपकरण बेच्दा निगमलाई ३२ लाख आम्दानी

नेपालखबर
साउन १, २०७६ बुधबार ११:५२,

विमानस्थलको ग्राउन्ड म्यानेजमेन्ट सर्भिसको जिम्मा लिएको निगमले भूमिस्थ सेवामा प्रयोग भएका तर अहिले पुराना भई उपयोगमा आउन नसक्ने उपकरणहरुको लिलामी गरेको छ। यसरी लिलामी प्रक्रियाबाट विस्थापन गर्दा निगमलाई ३२ लाख ६४ हजार ४ सय ४४ रुपैयाँ आम्दानी भएको निगमले जनाएको छ।

पुराना उपकरणको स्थानमा टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फर्कलिफ्ट, ग्राउण्ड पावर युनिट आदि खरिद गरिने कार्य निकै अघि बढिसकेको निगमले जनाएको छ। अब नयाँ आउने सम्पूर्ण उपकरणहरु आएटा मापदण्ड पुरा गरेका हुनाले सेवा पनि चुस्त र दुरुस्त हुने पनि निगमले जनाएको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विशिष्ट (भीआईपी) र अतिविशिष्ट (भीभीआईपी) व्यक्तित्वका लागि यसै हप्ता छुट्टै रयाम्प कोच ल्याउने भएको छ। यसबाहेक निगमले पहिलो चरणमा यात्रु तथा क्रु मेम्बर बोक्ने चारवटा ¥याम्प बस खरिदको प्रक्रिया अगाडि बढाएको छ। यी बसहरु आएपछि बिजनेस क्लास र क्रुहरुले छुट्टै बसको सुविधा पाउनेछन् भने अरु यात्रुहरुलाई पनि थप सुविधा मिल्नेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवालाई थप स्तरीय बनाउन र्याम्प बस सञ्चालनको तयारी गरेको हो। निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई प्रदान गर्दै आएको भूमिस्थ सेवालाई आयटा (आईएटीए)ले सुरक्षित र गुणस्तरीय रहेको आईसागो प्रमाणपत्र समेत प्रदान गरिसकेको छ।

सुधारको पहल
त्यस्तै सीता लोड कन्ट्रोल सिस्टमअन्तर्गत यात्रुहरुको ब्यागेज ट्रयाकिङ्ग प्रणालीको स्तरोन्नति गर्ने काम भएको निगमले जनाएको छ। यसबाट निगमको उडानमा यात्रा गर्ने यात्रुहरुको ब्यागेज थप व्यवस्थित किसिमले ह्याण्डलिङ गर्न मद्दत पुगेको निगमको भनाइ छ। आन्तरिक उडानका यात्रुहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले निगमले आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत टिकट बिक्री कक्ष खोलिएको छ । यसबाट आन्तरिक उडानमा यात्रा गर्ने यात्रुहरुलाई टिकट खरिद गर्न तथा कार्गो बुक गर्न सहज भएको र निगमको आयस्रोतमा पनि थप वृद्धि भएको निगमले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad