पार्टीको आन्तरिक विवादमा दुई पक्षबीच सहमति जुट्न नसकिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग बिहीबार साँझ परामर्श गरेका छन्।
शुक्रबारका लागि स्थायी कमिटी बैठक तय भएको तर बिहीबार दिउँसो भएको शीर्ष नेताहरुबीचको बैठकमा कुनै सहमति जुट्न नसकेका बेला प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग परामर्श तीब्र पारेका हुन्।
प्रधानमन्त्रीले बिहीबार साँझ उपप्रधानमन्त्री इश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, आफ्नै प्रमुख सल्लाहकार विष्णु रिमालसहितका नेताहरुसँग छलफल गरेका हुन्।
‘साँझ ५ बजेबाट सुरु भएको बैठक अहिले ८ बजेसम्म जारी नै छ,’ बैठकबारे जानकार एक नेताले नेपालखबरसँग भने।
बिहीबार दिउँसो प्रधानमन्त्री ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।
सो छलफलमा महासचिव पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत उपस्थित थिए।
Shares
प्रतिक्रिया