राजनीति


ओलीलाई ५ वर्ष सरकार चलाउन दिने हो भने चुनावमा नेकपा सखाप हुन्छः झलनाथ

ओलीलाई ५ वर्ष सरकार चलाउन दिने हो भने चुनावमा नेकपा सखाप हुन्छः झलनाथ

नेपालखबर
असार २९, २०७७ सोमबार १२:४८,

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा सञ्चालन गर्न दिने हो अर्को चुनावमा नेकपा सखाप हुने बताएका छन्।

सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै उनले केपी शर्मा ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको बताए।

‘अहिले जसरी केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुट आउट हुन्छ,’ खनालले भने, ‘कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ। तर प्रधानमन्त्री ओलीले पार्टीको फुटको त्रास देखाएर सत्ता टिकाउन खोज्नु भएको छ।’

खनालले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिएपनि चाँडै निष्कर्षमा पुग्ने बताए।

ओलीको नेतृत्वका सरकार नै अनियमितताको संलग्न भएको र त्यसबारे चित्तबुझ्दो जवाफ दिन नसकेको उनको आरोप छ।

‘नयाँ ढंगले नसोची हुँदैन,’ खनालले भने, ‘सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ।’

मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै स्थानमा अ‍ोलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै भर्ना गरेको खनालको भनाइ छ।

‘कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल भएर निर्णय भएको छैन। अहिलेको संघर्ष भनेको ओलीको गुट र पार्टीबीचको संघर्ष हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad