राजनीति


सञ्चारमन्त्रीले गरे अनलाइन दर्ता रोक्ने संकेत

सञ्चारमन्त्रीले गरे अनलाइन दर्ता रोक्ने संकेत

नेपालखबर
असार २९, २०७७ सोमबार १३:१४,

अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन्।

अहिले प्रतिदिन एक वटा अनलाइन दर्ता हुने गरेको तथ्यांकले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए। सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकररण कार्यक्रममा बोल्दै अर्थमन्त्री समेत रहेका खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘एक दिनमा एउटा अनलाइन दर्ता हुने रहेछ यसरी कसरी होला? कति अनलाइन चाहिने हो हामीलाई? दिनमा एउटा अनलाइन चाहिने हो की? क्वालिटीमा जाने हो? विषयवस्तुको अलिकति गहिराई र चौडाईमा जाने हो की संख्या मात्रै बढाउने हो? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ।’

खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताए। बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad