ad ad

राजनीति


डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी

डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी

नेपालखबर
असार २८, २०७७ आइतबार १४:१९,

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र अर्का नेता मुमाराम खनालले सो पार्टी छाडेका छन्।

अन्य दलहरुसँग एकता, एकीकरण र सहकार्य गर्ने विषयमा मतान्तर भएपछि उनीहरुले सो पार्टी छाडेको साझाका नेताहरुले बताएका छन्।

‘उहाँहरुले अहिले साझा पार्टीको संरचनाभन्दा बाहिरै रहेर वैकल्पिक शक्ति निर्माणमा आफ्नै ढंगले सघाउने बताउनुभएको छ,’ साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले नेपालखबरसँग भने।

अर्का एक नेताका अनुसार साझाको यसअघि लुम्बिनीमा भएको सम्मेलनले विचार मिल्ने राजनीतिक दल, समुह तथा शक्तिहरुसँग मिलेर जाने नीति पारित गरेको थियो।
सोहिअनुसार पार्टीका अन्य नेताहरुले बिभिन्न समुहसँग सहकार्य वा एकीकरणको नीति अंगिकार गर्ने निर्णय गरेपछि आचार्य र खनालले त्यसमा असहमति जनाएका हुन्।

एक नेताका अनुसार आचार्य र खनालले पार्टीका सबै संरचना भंग गरेर सबै तहमा पार्टीलाई पुनसंरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए, जसमा सहमति नजुटेपछि उनीहरुले पार्टी छाडेका हुन्।

‘आफ्नो प्रस्तावमा सहमति नजुटेपछि उहाँहरुले सौहार्दरुपमा पार्टी छाड्छौं भन्नुभयो, हामीले उहाँहरुलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद प्रस्ताव पारित गर्‍यौं,’ उनले भने।

साझा पार्टीले पहिले एउटै रहेको विवेकशील नेपाली दलसँग पुनः एकीकरण गर्ने छलफल तथा प्रक्रिया पनि सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .