राजनीति


ट्रम्पको मुखमा पहिलोपटक मास्क!

ट्रम्पको मुखमा पहिलोपटक मास्क!

नेपालखबर
असार २८, २०७७ आइतबार २:१६,

अमेरिकाका राष्ट्रपति कोरोना महामारीयता पहिलोपटक मास्क लगाएर सञ्चारमाध्यममा सार्वजनिक भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प मास्क लगाएर घाइते सैनिक भेट्न वाल्टर रिट नेसनल मिलिटरी मेडिकल सेन्टर पुगेका हुन्।

यसअघि ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने दाबी गरिरहेका थिए। विज्ञले चेतावनी दिँदादिँदै पनि ट्रम्पले चुनावी सभामा समेत मास्क लगाएनन्।

तर पछिल्लो समय उनले आफू कहिल्यै मास्कविरोधी नभएको बताउँदै भिडभाड र विशेष परिस्थितिमा यसको प्रयोग गर्ने बताइरहेका थिए।

यसै क्रममा सबैकाे सल्लाह मान्दै ट्रम्प पहिलाेपटक मास्क लगाएर देखापरेकाे सीएनएनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad