सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियाविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन्।
बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताएका हुन्।
मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफैँ अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने उनले बताए। नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न पनि उनले भारतीय मिडियासँग आग्रह गरेका छन्।
भारतीय मिडियाहरुले केही दिन यता नेपाल र नेपाली विरुद्ध आपत्तिजक सामग्रीहरु प्रकाशन/प्रशारण गर्न थालेपछि ति मिडियामाथि नेपालमा प्रतिवन्ध लगाउनुपर्ने माग बढिरहेको छ।
केही दिन अघिमात्रै जी न्युज टेलिभिजनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक सामग्री प्रशारण गरेको थियो।

प्रतिक्रिया