ad ad

राजनीति


एकीकरणका बाँकी विषयमा ओली–दाहालबीच सहमति

एकीकरणका बाँकी विषयमा ओली–दाहालबीच सहमति

मणि दाहाल
असार ३१, २०७६ मंगलबार १३:४०,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले पार्टीको संगठनात्मक एकीकरणसम्बन्धी गृहकार्य सम्पन्न भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, सचिवालय सदस्य रामबहादुर थापा बादल र विष्णु पौडेलबीच भएको बैठकपछि गृहकार्य सकिएको जानकारी दिइएको हो।

महासचिव पौडेलले संगठनात्मक एकीकरण सम्पन्न भएको बताए । ‘संगठनात्मक एकीकरणमा सबै गृह कार्य सम्पन्न भएको छ,’ महासचिव पौडेलले नेपालखबरसँग भने, ‘सचिवालयको बैठक चाँडै बसेर त्यसलाई अन्तिम रुप दिनेछौं।’

पाैडेलले एकीरकण कसरी भयो भन्ने विषयका प्रविधिक पक्षबारे सचिवालय बैठकमा जानकारी प्रस्तुतु हुने बताए।

स्रोतहरुका अनुसार साउन ५ गतेका लागि सचिवालय बैठक बोलाइएको छ।

एकीकरणपछि नेकपाले जिल्ला इन्चार्ज तोक्ने, केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट, विभाग तथा आयोगका गठन, प्रदेश कमिटीलाई पूर्णता दिने सहितका विषयमा अन्तिम रुपमा दिन सकिरहेको छैन। जिल्लामा पुरानै इन्चार्जलाई ल्याउने यसअघि नै सहमति भएको थियो। तर पूर्व एमाले र पूर्व माओवादीको नेताहरुको भागमा कुन-कुन जिल्लाहरु परेको हो भन्ने बारेमा अहिलेसम्म केही खुलाइएको छैन।

पूर्व एमालेले ४४ र पूर्व माओवादीले ३३ वटा जिल्ला नेतृत्वमा पाउने संभावना छ। यसअघि अध्यक्ष दाहालले पनि मंगलबार साँझसम्ममा एकीकरणको विषयलाई टुङ्गो लगाउने बताएका थिए।

२०७५ जेठ ३ मा एकीकरण हुँदा दुवै दलले तीन महिनाभित्र संगठनात्मक एकीकरण समाप्त गर्ने घोषणा गरेका थिए। पछिल्लो समयमा नेताहरुले असार मसान्तको भाका राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .