ad ad

खेल


बार्सामा नेमारको उपस्थिती एकै उपायमा निर्भर

बार्सामा नेमारको उपस्थिती एकै उपायमा निर्भर

नेपालखबर
असार ३१, २०७६ मंगलबार १३:३०,

नेमारले गत महिनादेखि पीएसजी छाडेर आफूलाई आफ्नो घर अर्थात् बार्सिलोना फर्कन मन लागेको इच्छा व्यक्त गरिरहेका छन्।

नेमारले बार्सा फर्किने इच्छा व्यक्त गरिरहँदा बार्साले हालै एन्टोनी ग्रीजम्यान एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरेको छ। यस अगाडि बार्साले युवा स्टार फ्र्यांकी डि जोङ पनि अनुबन्ध गरेको छ।

महँगो मूल्यमा बार्साले ग्रीजम्यान र डि जोङ अनुबन्ध गरेपछि नेमार बार्साले ल्याउला त भन्ने प्रश्न चिन्ह खडा भएको छ।

फुटबल पण्डितहरु बार्साले एकै सिजन महंगा र स्टार खेलाडीहरु भित्र्याउन गाह्रो हुने अभिव्यक्ति दिइरहेका छन्।

यद्यपी बार्सासँग केही उपाय छ। बार्साले आफ्ना केही खेलाडी र पैसासँग नेमार साट्न सक्छ। यसरी बार्साले आफूसँग भएको बजेट बचाउन सक्छ। अर्कोतर्फ आफूले चाहेको खेलाडी पनि भित्र्याउन सक्छ।

तर बार्साको सर्त पीएसजीले मानेको छैन। पीएसजीले यसअघि नेमारको सेलिब्रिटी व्यवहार क्लबले स्वीकार नगर्ने बताइसकेको छ।

सन् २०१७ मा बार्साबाट पीएसजीले नेमार २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो। नेमार अहिलेसम्म पनि महंगा खेलाडी नै हुन्।

पीएसजीले आफूले कुनै पनि सर्त नमान्ने बताएको छ। पीएसजीका अनुसार जुन क्लबले नेमारलाई २२२ मिलियन युरोभन्दा बढी रकम खर्चगर्छ, उसैले नेमार लानसक्छ।

त्यति महंगो मूल्यमा नेमार अनुबन्ध गर्न बार्सा सक्षम नभएपछि बार्साले केही खेलाडी र पैसा पीएसजीलाई दिने सर्त राखेको हो। तर पीएजी पैसामात्र चाहन्छ, खेलाडी चाहँदैन।

पीएसजीम हाल केलिएन एमबाप्पे, इडिसन काभानी, एंगल डि मारिया, ड्यानी आल्भेस, थियागो सिल्भाजस्ता खेलाडी समावेश छन्।

त्यसैले अब बार्सामा नेमार अनुबन्ध हुने एकैमात्र उपाय भनेको बार्साले नेमारको लागि २२२ मिलियन युरोभन्दा बढी रकम खर्च गर्नुपर्छ। यो ट्रान्सफर जटिल हुने अनुमान गरिएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .