सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।
बिहीबार सरकारका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको बताए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए।
‘काठमाडौँ उपत्यकाका तीन जिल्ला र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने भन्ने निर्णय भएको छ’, मन्त्री खतिवडाले भने।
मन्त्री खतिवडाले काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न पाउने बताए।
मन्त्री खतिवडाका अनुसार सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जना मात्र बस्न पाउने, यात्रुले कास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र सावारी साधनको ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ।
उनले अन्तरजिल्ला र लामो दूरीका सवारीसाधनलाई भने तत्काल चल्न नदिने बताए।

प्रतिक्रिया