पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित उपचाररत छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार सबैभन्दा बढी उपचाररत कोरोना संक्रमित सुदूरपश्चिममा रहेका छन्। त्यसपछि प्रदेश २ र प्रदेश ५ मा रहेका छन्।
प्रवक्ता गौतमका अनुसार प्रदेश १ मा १९६, प्रदेश २ मा २ हजार २४, बागमती प्रदेशमा ४२९, गण्डकीमा ८६२, प्रदेश ५ मा १ हजार ७२७, कर्णाली प्रदेशमा ४०५ सुदूरपश्चिम प्रदेशमा २ हजार ९६२ कोरोना संक्रमित उपचाररत छन्।
त्यस्तै प्रदेश १ मा ५४३, प्रदेश २ मा २ हजार २३४, बागमतीमा २८७, गण्डकी प्रदेशमा ३५५, प्रदेश ५ मा २ हजार २९६, कर्णाली प्रदेशमा १ हजार २३८, सुदूरपश्चिम प्रदेशमा ९३८ कोरोना मुक्त भएर घर फर्किसकेका छन्।
योसँगै नेपालमा कोरोना निको भइ घर फर्कनेको संख्या ७ हजार ८९१ रहेको छ।
त्यस्तै धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मुस्ताङ कोरोना मुक्त भएका छन्।
क्वारेन्टिनमा २४ हजार ४२५ रहेका छन् भने अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया