श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले श्रमको झन्डालाई झुक्न नदिने प्रतिबद्धता जनाएका छन्।
सुनसरीको धरान उपमहानगरपालिका धरान-१४, विजयपुरमा श्रमदान कार्यक्रममा सहभागी हुँदै वरिष्ठ नेता किराँतीले श्रम संस्कृति पार्टीको आत्मा र पहिचान नै श्रम भएको बताएका हुन्।
सबै श्रमदाताप्रति सम्मान प्रकट गर्दै उनले आफ्नो पार्टीले भविष्यमा समाजको आर्थिक-सामाजिक रूपान्तरण गर्ने दाबी पनि गरेका छन्।
‘श्रमको संस्कृति बसाउने ती महान् श्रम दाताहरूले पार्टीको छविलाई उच्च बनाएको छ। त्यसैले दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गरिरहेको होस् या देशभरि भौतिक तथा मानसिक श्रम गरिरहेको अर्थात् विदेशबाट हाम्रो पार्टीलाई माया गरेर तन मन र धनले सहयोग गर्ने ती सबै महान् श्रमदाताहरूप्रति हार्दिक सम्मान तथा अभिनन्द व्यक्त गर्दछु। आज मानव श्रमले नै संसार सजिएको छ। औजार चलाउनेदेखि हवाईजहाज उडाउनेसम्म, कला-संस्कृतिकर्मीदेखि अनुसन्धान र आविष्कार गर्नेसम्म सबै श्रमिक हुन्। तिनै पृथ्वीका सबै श्रमिकहरूको मुक्ति, स्वतन्त्रता साथै न्यायको वकालत र अगुवाई हाम्रो पार्टीले मात्र गर्दछ’, उनले भने, ‘हाम्रो पार्टी अध्यक्ष हर्क साम्पाङले पठाउनुभएको श्रम आन्दोलनको केन्द्रबिन्दु धरानको माटोमा उभिएर म भन्छु कि यो श्रमको झन्डालाई हामी झुक्न दिने छैनौँ। हामी वर्तमानमा हाम्रो त्रुटिहरूलाई सच्याउँदै भविष्यमा समाजको आर्थिक-सामाजिक रूपान्तरण गर्दै इतिहासको त्रुटिहरू पनि सच्याउँनेछौँ। अनि नेपालीलाई हाम्रो नेपाल हो भन्ने गौरव गर्न लायक बनाउँछौँ।’
Shares

प्रतिक्रिया