नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै एक व्यक्तिले १९ लाख रुपैयाँ ठगी गरेका छन्।
आफू अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेको बताएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ का राम गिरी पक्राउ परेका हुन्।
उनले असई बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १९ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। हाल गोकर्णेश्वर बस्ने गिरीले आफ्नो फेसबुक प्रोफाइलमा समेत नेपाल प्रहरीको असई भनेर आफूलाई परिचय गराएको पाइएको छ।
महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई जोरपाटीबाट पक्राउ गरी कानुनी प्रकृया अगाडि बढाएको छ। उनको कोठा खानतलासी गर्दा नेपाल प्रहरीको बौद्धको नाममा डायरीसमेत फेला परेको छ।
3
Shares
प्रतिक्रिया