राजनीति


भारतीय सञ्चारमाध्यमको चिन्तन देखेर दया लाग्छ : पर्यटनमन्त्री भट्टराई

भारतीय सञ्चारमाध्यमको चिन्तन देखेर दया लाग्छ : पर्यटनमन्त्री भट्टराई

नेपालखबर
असार २५, २०७७ बिहिबार ८:५१,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतीय सञ्चारमाध्यमको चिन्तन देखेर दया लाग्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली नेताहरु र नेपालको सन्दर्भमा भारतीय सञ्चामाध्यममा अनावश्यक र अतिरिञ्जित समचार आएपछि मन्त्री भट्टराईले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

भारतीय सञ्चारमाध्यमले पूर्वय सभ्यताको उपहास गर्दै आफैँलाई सरेआम नंग्याइरहेको उनको भनाई छ।

‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दालाग्छ पूर्वीय सभ्यताको उपहास भइरहेको छ। उनीहरुले आँफैलाई सरेआम नङ्ग्याइरहेका छन्। दया लाग्छ उनीहरुको चिन्तनप्रति’, बिहीबार मन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

यसअघि आजै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले हद पारेको भन्दै बकवास बन्द गर्न चेतावनी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad