एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणमा वितरण गरिएको ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ हजार कित्ता सेयर समेत गरी जम्मा १ करोड ४८ लाख कित्ता साधारण सेयर नेपाल स्टक एकसचेन्जमा बुधबार सूचीकरण भएको छ।
नेपाल धितोपत्र बोर्डबाट गत वर्ष चैत ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नुअगावै ११ वटा सामूहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २ करोड ३७ लाख ८० हजार कित्ता सेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामूहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २ लाख ३७ हजार ८ सय कित्ता सेयर बाँडफाँट भएको थियो।
कर्मचारीहरुलाई ७४ हजार कित्ता सेयर छुट्याइएकोमा १ सय ६६ जना कर्मचारीहरुबाट ७४ हजार कित्ता सेयर बाँडफाँट गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याइएको प्राथमिक निष्काश ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको सेयर निष्काशन गत १४ गते (बैंकिङ्ग समयपश्चात्) निष्काशन बन्द भएको थियो। उक्त संस्थाको प्राथमिक सेयर खरिद गर्न ३ लाख ९७ हजार ७ सय ४१ वटा आवेदनमार्फत सर्वसाधारणहरुले निवेदन दिएका थिए।
यस संस्थाले आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी रू. ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब १ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी रु १६.३० रहेको छ ।

प्रतिक्रिया