राजनीति


भूउपग्रहबाट खिचिएको तस्बिरमा गलवान उपत्यकाबाट चिनियाँ सेना पछाडि हटेको देखियो

भूउपग्रहबाट खिचिएको तस्बिरमा गलवान उपत्यकाबाट चिनियाँ सेना पछाडि हटेको देखियो

नेपालखबर
असार २४, २०७७ बुधबार १३:२७,

गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो।

उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो। झडपयता चिनियाँ सेना सोही स्थानमा बसेका थिए।

चीनले आफ्नो सेनाको बारेमा हालसम्म कुनै जानकारी दिएको छैन। अमेरिकी कम्पनी म्याक्सर टेक्नोलोजीको भूउपग्रहले खिचेको तस्बिरमा विवादित क्षेत्रबाट चीनले टेन्ट, सवारी साधन तथा अन्य संरचना हटाएको देखिएको एससीएमपीले जनाएको छ।

Satellite images show Chinese structures near deadly clash site ...

गतहप्ताको तस्बिर

यसअघि सोही कम्पनीले तस्बिरहरु सार्वजनिक गर्दै चीनले गलवान उपत्यकाको विवादित क्षेत्रमा टेन्ट तथा कयौं संरचना खडा गरेको बताएको थियो।

हालै चिनियाँ र भारतीय कमाण्डरस्तरीय वार्तामा चीन र भारतका सेना विवादित क्षेत्रबाट पछाडि हट्ने सहमति भएको थियो।

त्यसको केही दिनमै चिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच पनि सेना फिर्ता बोलाउने र तनाव कम गर्ने विषयमा कुराकानी भएको थियो।

यसबीचमा चिनियाँ सेनाहरु विवादित क्षेत्रबाट पछाडि हटेको देखिएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .