इंग्ल्याण्ड र वेष्ट इण्डिजका सबै क्रिकेट खेलाडीहरुले ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानलाई समर्थन जनाउँदै खेलअघि घुडा टेकेका छन।
दुबै टोलीका खेलाडीहरुले बुधबार साउथहेप्टनमा पहिलो टेस्ट सुरु हुनुअघि घुँडा टेकेर अभियानमा समर्थन जनाएका हुन।
उक्त अभियानमा म्याच अफिसियलहरुले पनि साथ दिएका थिए। खेलाडीहरुले ‘ब्ल्याक लाइभ्स म्याटर’को लोगो पनि आफ्नो टि सर्टमा लगाएका थिए।
अमेरिकामा प्रहरीबाट एक अश्वेत जातीका जर्ज फ्लोडको मृत्युपछि उक्त अभियान विश्वभर चलेको थियो। प्रहरीले जर्जको घाँडी थिचेपछि श्वास फेर्न अप्ठारो भई उनको निधन भएको थियो।
प्रतिक्रिया