ad ad

राजनीति


आईजीपी ज्ञवालीको आज बिदाई हुँदै

आईजीपी ज्ञवालीको आज बिदाई हुँदै

नेपालखबर
असार २४, २०७७ बुधबार ६:३५,

नेपाल प्रहरी केन्द्रीय कार्यालयले प्रहरी महानिरीक्षक (आईजी) ठाकुर ज्ञवालीको आज बुधबार बिदाई गर्ने तयारी गरेको छ।

३० वर्षे सेवा अवधिका कारण बुधबार अवकास पाउन लागेका ज्ञवालीको विदाई कार्यक्रम साँझ ५ बजे राखिएको प्रहरी प्रवक्ता निरज शाहीले बताए।

गत माघ २८ गते महानिरीक्षकमा नियुक्त भएका ज्ञवाली करिव ५ महिना प्रहरीको नेतृत्व गरेर बिदाई हुन लागेका हुन्।

उनले २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए। ज्ञवालीले अवकास पाउने भएपछि सरकारले मंगलबार नै शैलेश थापा क्षेत्रीलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको छ।

आईजी ज्ञवालीसँगै एआईजी तारिणी लम्साल र डीआईजी सूर्य उपाध्यायले पनि बुधबार नै अवकास पाउँदैछन्। उनीहरु सँगै प्रहरीमा भर्ती भएका हुन्।

२८औं आईजीका रुपमा थापाले २२ महिना प्रहरी संगठनको नेतृत्व गर्ने छन्। थापाले बिहीबार कार्यभार सम्हाल्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .