प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ।
सभामुख सापकोटाको बुधबार काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दाया आँखाको शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ।
वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बुधबार बिहान १०ः३० बजे सभामुख सापकोटाको आँखाको शल्यक्रिया गरेको हो। शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन्।
केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो। चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो।
उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा आफैँले बेहोरेको सचिवालयले जनाएको छ।
सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन्।
प्रतिक्रिया