सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले त्यसका एक शीर्ष नेता झलनाथ खनालसँग मंगलबार बिहान भेटवार्ता गरेकी छन्।
भेटवार्ताका लागि डल्लुस्थित खनाल निवासमा पुगेकी पुगेकी राजदूत होउले नेता खनालसँग करिब ४५ मिनेट कुराकानी गरेकाे नेकपा सम्बद्ध स्रोतले जानकारी दिएको छ। तर के कुराकानी भयाे भन्ने विषयमा खुलाइएकाे छैन।
तर नेकपाभित्र बढेका विवाद मिलाउन केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ। यसअघि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन्।

प्रतिक्रिया