अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र कम्युनिष्ट विचारधारा भएका व्यक्तिले अमेरिका छाड्नु पर्ने विचार व्यक्त गरेका छन्।
ट्रम्पले सोमबार ट्वीटमा भनेका छन्,‘हामी कहिल्यै समाजवादी र कम्युनिष्ट राष्ट्र बन्दैनौं। यदी तिमीहरु यहाँ खुशी छैनौं भने देश छाड्न सक्छौं। यो तिम्रो स्वयंको इच्छा हो।’
आइतबार अमेरिकाको विपक्षी पार्टी डेमोक्रेटिकका महिला सांसदमाथि नश्लवादी टिप्पणी गरेर विवादमा परेको भोलिपल्टै ट्रम्पले अमेरिकाबाट समाजवादी र कम्युनिष्ट विचारधारा भएका मानिस देशबाट निस्कनुपर्ने विचार व्यक्त गरेका हुन्।
We will never be a Socialist or Communist Country. IF YOU ARE NOT HAPPY HERE, YOU CAN LEAVE! It is your choice, and your choice alone. This is about love for America. Certain people HATE our Country....
— Donald J. Trump (@realDonaldTrump) July 15, 2019ट्रम्पले आइतबार विशेषगरी अमेरिकामा रहेका चार आप्रवासी महिला सांसदमाथि नश्लवादी टिप्पणी गरेका थिए।
ट्रम्पले नाम नतोके पनि उनले इंकित गर्न खोजेका चार महिला सांसदहरु अलेक्जेन्ड्रिया ओकासिया–कर्टेज, रासिदा त्लाएब, अयाना प्रेसली र इलहान ओमार हुन्।

ट्रम्पबाट आलोचित डमोक्रेटिक सांसदहरु
तीमध्ये अलेक्जेन्ड्रिया, त्लाएब र प्रेसली अमेरिकामै जन्मिएका हुन्। ओमार भने अमेरिकामा बाल्यकालमा आएकी थिइन्।
ट्रम्पले आइतबार ट्वीटमा लेखेका थिए,‘प्रगतिशील डेमोक्रेटिक महिला सांसद देख्न पाउँदा रोचक लागेको छ, उनीहरु यस्तो देशबाट आएका छन् जसको सरकार विनाशकारी छ, सबैभन्दा खराब छ, भ्रष्ट छ, संसारमा सबैभन्दा अयोग्य छ, यतिबेला उनीहरु अमेरिकी मानिसलाई भनिरहेका छन्, विश्वकै शक्तिशाली देशलाई भनिरहेका छन् यहाँको सरकार कसरी चल्नुपर्छ।’
So interesting to see “Progressive” Democrat Congresswomen, who originally came from countries whose governments are a complete and total catastrophe, the worst, most corrupt and inept anywhere in the world (if they even have a functioning government at all), now loudly......
— Donald J. Trump (@realDonaldTrump) July 14, 2019ट्रम्पले यसै ट्वीटलाई पछ्याउँदै भनेका थिए,‘किन उनीहरु घर फर्किदैनन् र त्यहाँको भत्किएको, अपराधले भरिएको समस्या टाल्दैनन्। त्यसपछि मात्र यहाँ आउ र देखाउ समस्याको समाधान कसरी गरिन्छ।’
ट्रम्पको नश्लवादी टिप्पणीपछि विश्वका नेताहरुले ट्रम्पको आलोचना गरेका छन्। वेलायती प्रधानमन्त्री टेरिजा मे र न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्डा आर्डर्नले ट्रम्पको आलोचना गरेका छन्।
यस्तै ट्रम्पबाट आलोचित अमेरिकी सांसद रासिदा त्लाएबले ट्रम्पलाई महाअभियोग लगाएर राष्ट्रपति पदबाट निकाल्नुपर्ने बताएकी छिन्।
अर्की सांसद ओमारले इतिहासकै भ्रष्ट राष्ट्रपति ट्रम्प भएको बताएकी छिन्। अलेकजेन्ड्रियाले ट्रम्प गोरा राष्ट्रवादको पक्षमा भएको बताएकी छिन्। यस्तै सांसद पे्रस्लीले ट्रम्प नश्लवादको उदाहरण भएको बताएकी छिन्।

प्रतिक्रिया