ad ad

राजनीति


ओली-प्रचण्ड छलफल सकियो, ‘विषयकेन्द्रित छलफलको सुरुवात’

ओली-प्रचण्ड छलफल सकियो, ‘विषयकेन्द्रित छलफलको सुरुवात’

नेपालखबर
असार २२, २०७७ सोमबार ६:७,

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच विषयकेन्द्रित छलफल सुरु भएको छ।

पार्टीभित्र गतिरोध गहिँरिँदै जाँदा सोमबार दुई अध्यक्षबीच भएको वार्तामा पहिलोपटक विषयकेन्दित छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको डेढ घण्टा लामो छलफलमा राम्रो कुराकानी भएको र त्यो विषयकेन्द्रित भएको स्रोतले जनायो।

‘विषयमा बल्ल प्रवेश भएको छ, यसअघिका छलफलहरु विरोध र असन्तुष्टि पोखिने खालका थिए, आजको छलफल भने, विषयमा प्रवेश गरेको छ, कुनै सहमति भएको छैन’, स्रोतले नेपालखबरसँग भन्यो।

बालुवाटारमा छलफल सकेर प्रचण्ड खुमलटार निवास फर्किएका छन्।

याे पनि: स्थायी समिति बैठक २४ गतेसम्म स्थगित, बालुवाटारमा ओली–प्रचण्ड वार्तामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .