ad ad

कारोबार


सरकारले नै भ्रष्टाचार मुद्दा लगाएका व्यक्ति वैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्त

सरकारले नै भ्रष्टाचार मुद्दा लगाएका व्यक्ति वैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्त

नेपालखबर
असार २२, २०७७ सोमबार ६:२८,

सरकारले नै भ्रष्टाचार मुद्दा लगाएका व्यक्तिलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनीत गरेका छन्।

दुई वर्षपहिले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले भ्रष्टचार मुद्दा लगाएका स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई मन्त्री यादवले बोर्डको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन्।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ को (ठ)अनुसार वैदेशिक रोजगार विशेषज्ञहरुमध्ये नेपाल सरकारद्वारा मनोनीत एक जना महिला समेत दुई जना सदस्य रहने व्यवस्था छ।

सोही व्यवस्थालाई टेक्दै आफ्नै पार्टीको सरकारले कारबाही सिफारिस गरेका व्यक्तिलाइृ मन्त्री यादवले पुरस्कृत गरेका हुन्। खड्का मलेसिया जाने श्रमिकको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक हुन्।

उनीसहितका व्यवसायीविरुद्ध सरकारले मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता गरेपछि फरार भएका खड्कासहितका व्यवसायीले आरोप पुष्टि हुन नसकेपछि अदालतबाट सफाइ पाएका थिए।

ऐनअनुसार श्रममन्त्रीको अध्यक्षतामा हुने बोर्डको सदस्यमा परराष्ट्र, अर्थ, कानुन, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव वा निजले तोकेका रा.प्र. प्रथम श्रेणीका व्यक्ति रहने व्यवस्था छ।

यस्तै वैदेशिक रोजगार विभाग, राष्ट्र बैंक, विशेषज्ञ, वैदेशिक रोजगार व्यवसायी, अभिमुखी तालिम, स्वास्थ्य संस्था, ट्रेड युनियन र उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य रहने व्यवस्था छ।

सोही व्यवस्थालाई टेकेर मन्त्री यादवले दुई वर्षका लागि खड्कालाई समेत सदस्यमा नियुक्त गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .