राजनीति


‘इनफ इज इनफ अभियान’लाई नेता र नागरिक अगुवाको साथ

‘इनफ इज इनफ अभियान’लाई नेता र नागरिक अगुवाको साथ

नेपालखबर
असार २१, २०७७ आइतबार १२:२६,

विभिन्न दलका नेता तथा नागरिक अगुवाहरुले ‘इनफ इज इनफ अभियान’का मागप्रति ऐक्यवद्धता जनाएका छन्।

कोरोना संक्रमणको प्रभावकारी नियन्त्रण तथा पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै सो अभियानका केही युवाहरु अघिल्लो शुक्रबारदेखि अनसनरत छन्। अनसनको १० दिन भइसक्दा पनि सरकारले उनीहरूको मागलाई सम्बोधन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै नेता र नागरिक अगुवहरुले सरकारको आलोचना गरेका छन्।

आइतबार गगन थापा, डा. द्वारिकानाथ ढुङ्गेल, बालकृष्ण न्यौपाने, बिराज बहादुर बिष्ट, डा. भोजराज पोखरेल, मिलन पाण्डे, डा. सुरेन्द्र भण्डारी र हिसिला यमीले संयुक्त विज्ञप्ति निकालेर ह्याम्स अस्पतालमा अनसनरत अभियन्ताद्वय ‘ई’ र पुकार बमको जीवनरक्षा गर्न सरकारसँग माग गरेका हुन्।

‘सरकारको असक्षमता र निर्णयहीनताका कारण कुनै अप्रिय स्थिति उत्पन्न हुन पुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको नै रहने व्यहोरा समेत स्पष्ट गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .