ad ad

राजनीति


देउवालाई पौडेलको प्रश्न : नेकपाको विवादमा किन जोडिन खोजेको हो?

देउवालाई पौडेलको प्रश्न : नेकपाको विवादमा किन जोडिन खोजेको हो?

नेपालखबर
असार २१, २०७७ आइतबार १२:२६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटलाई लिएर प्रश्न उठाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता पौडेलले प्रधानमन्त्री ओलीसँग भेट गर्नुको कारण माग गरेको एक नेताले जानकारी दिए।

‘सभापति जीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको समाचार आएका छन्, यसको कारण के हो?’, पौडेलले बैठकमा राखेको प्रश्न उधृत गर्दै ती नेताले भने, ‘सत्तारुढ नेकपाको विवादमा कांग्रेस पार्टी किन जोडिन खोजेको हो?’

नेता पौडेलले सभापति देउवालाई प्रधानमन्त्री ओलीसँग भएको भेटबारे बैठकलाई जानकारी गराउन माग गरेको थिए। ‘सभापतिज्यूले प्रधानमन्त्रीसँग के–के भन्नु भएको हो बैठकमा जानकारी गराउनु प¥यो’, उनले भने।

१४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्न राखिएको बैठकमा बिहीबार सभापति देउवा बालुवाटार गएर प्रधानमन्त्री ओली भेटेको विषयले प्रवेश पाएको हो।

आइतबार बिहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सभापति देउवालाई भेटेका थिए।

नेता पौडेलको प्रश्नमा सभापति देउवाले प्रधानमन्त्रीसँग भेट भएको र समसामयिक विषय र संवैधानिक परिषदको नियुक्तिबारे छलफल भएको जवाफ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .