भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेन्डासँग संसद कारवाहीले मेल नखाने बताएकी छन्।
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेन्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको उनले प्स्ट पारिन्। ‘संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने कुरा सरकारको भएकाले नेकपाको स्थायी समितिका एजेन्डासँग कुनै पनि हालतमा मेल खाँदैन’, उनले भनिन्।
बजेट ल्याउनका लागि मात्रै सरकारले संकटको बेला संसद अधिवेशन सुरु गरेको उल्लेख गर्दै उनले अहिले छलफलका कुनै एजेन्डा र विजनेस नभएकाले बन्द भएको बताइन्। ‘पार्टीको स्थायी समिति बैठकका एजेन्डा र चालु संसद अधिवेशन मेल खाँदैन, अधिवेशन कहिले बोलाउने, कहिले बन्द गर्ने, संसदलाई के विजनेश दिने त्यो सरकारको कुरा हो’, उनले भनिन्, ‘हामीले बजेट ल्याउनु थियो। यस्तो महामारीमा पनि अधिवेशन बोलाउनु प¥यो बोलायौँ। बजेट पास भयो केही विधेयकहरु छलफल गर्नुपर्ने थिए, सहमति जुटेन, विजनेस थिएन्। संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन नि । त्यसैले रत्यौली खेल्न संसद चाहिएन्।’
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पु¥याएको पनि बताइन्। सरकारले व्यवसायीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काम गरिरहेको भए पनि अहिले परिस्थितिले जोखिम सिर्जना गरेको उनको भनाइ छ। विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा अहिलेको परिस्थितिले ‘डिस्र्टब’ गरेको उनको भनाइ छ।
राजनीतिक दलहरुभित्र बहस, छलफल, आलोचना र आत्मालोचना हुने भए पनि अशिष्ट ढंगले भयो भने त्यसले नकारात्मक परिणाम ल्याउने उनको भानइ थियो।
पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भए पनि संवादबाट नै सहमतिमा पुग्ने उनले विश्वास व्यक्त गरिन्। उनले कसैको आलोचना गर्दा कागज पोलेर खरानी हुनेगरी गर्न नहुने बताइन्।
Shares

प्रतिक्रिया