राजनीति


अकस्मिकरुपमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

अकस्मिकरुपमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

नेपालखबर
असार २०, २०७७ शनिबार १२:२०,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।

शनिबार साँझ ७ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएको एक मनत्रीले जानकारी दिए।

‘मन्त्रिपरिषद बैठक भनिएको छैन, तर छलफलका लागि भनेर बालुवाटार बोलाइएको छ’, नेपालखबरसँग कुरा गर्दै एक मन्त्रीले भने।

तर अर्का एक मन्त्रीले भने बालुवाटारबाट आफूलाई कुनै खबर नआएको बताए। ‘मलाई कुनै खबर छैन, शनिबार मन्त्रिपरिषदको मिटिङ पनि नहुनु पर्ने हो, खै कस–कसलाई बोलाइयो थाहा भएन’, नेपालखबरसँग कुरा गर्दे ती मन्त्रीले भने।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेको र पार्र्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा समेत मागिएको थियो।

पार्टी विवाद उत्कर्षमा पुगेपछि सुमधानका लागि दुईपक्षबीच छलफल गर्न भन्दै शनिबार बिहान ११ बजे डाकिएको बैठक दुई दिनका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad