भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुगेका छन्। उनी आज (शुक्रबार) बिहानै गत जुन १५ राति चिनियाँ सेनासँग झडप हुँदा आफ्ना २० सैनिक मारिएको सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुगेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ त्यस हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्ने कार्यक्रम छ।
भारतको आधिकारिक समाचार प्रसारक ‘प्रसार भारती’ले ट्विट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमुमा हुनुहुन्छ। उहाँ आज बिहान यहाँ आइपुग्नुभएको हो। प्रधानमन्त्रीले सेनाका जवान, वायुसेना र आईटीबीपीसँग कुरा गर्दै हुनुहुन्छ।’
निमु भन्ने स्थान ११ हजार फिट उचाइमा पर्छ। अधिकारीहरूले प्रधानमन्त्रीलाई सम्पूर्ण अवस्थाबारे जानकारी गराएका छन्।
यसअघि रक्षामन्त्री राजनाथ सिंह लेह जाने भनिएकाे थियाे। तर उनको भ्रमण बिहीबार रद्द भएको थियो। त्यसपछि प्रधानमन्त्री माेदी आफैं शुक्रबार त्यहाँ गएका हुन्।
प्रधानमन्त्री मोदीका साथमा सेना प्रमुख जनरल नरवाने र सीडीएस बिपिन रावत पनि छन्।
Located at 11,000 feet, this is among the tough terrains, surrounded by the Zanskar range and on the banks of the Indus. PM is being briefed by Senior Officers pic.twitter.com/JVMjTfEsWz
— Prasar Bharati News Services (@PBNS_India) July 3, 2020
याे पनि:
मोदी भन्छन्ः लद्दाखस्थित भारतीय भूमिमा आँखा लगाउनेले पाए कडा जवाफ
लद्दाख क्षेत्रमा भएको भिडन्तका लागि भारत पूर्ण जिम्मेवारः चिनियाँ रक्षा मन्त्रालय

प्रतिक्रिया