राजनीति


आजैदेखि संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

आजैदेखि संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालखबर
असार १८, २०७७ बिहिबार ७:३,

मन्त्रिपरिषद् बैठकले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सिफारिस अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको सूचना जारी गर्ने एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रिपरिषद् बैठक राखी सो निर्णय गरेका हुन्।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ।

याे पनि: मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .