ad ad

राजनीति


रक्षा मन्त्रालय भन्छ : अनुदानबाट सामग्री किन्न खोज्दा चीनबाट जवाफ नआएपछि पैसा पठाएको हो

रक्षा मन्त्रालय भन्छ : अनुदानबाट सामग्री किन्न खोज्दा चीनबाट जवाफ नआएपछि पैसा पठाएको हो

नेपालखबर
असार १६, २०७७ मंगलबार १२:४५,

चीनको आर्थिक सहायताबाट स्वास्थ्य सामग्री ल्याउने सेनाको प्रयासमा रक्षा मन्त्रालयले कुनै असहयोग नगरेको मन्त्रालयले प्रष्ट्याएको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले बाहिर आएजस्तो रक्षा मन्त्रालयले असहयोग नगरेको दाबी गरेका हुन्।

नेपाली सेनाको पत्रमा भनिए अनुसार नै चीनले दिने १५ करोड आरएमबी (चिनियाँ मुद्रा) बराबरको अनुदानलाई स्वास्थ्य सामग्री खरिदमा रुपान्तरण गर्न सकिने नेपाल सरकारको दृष्टिकोण रहेको भनी चीन सरकारलाई अनुरोध गरिएको रक्षाको दाबी छ।

तर चीनले यसमा कुनै जवाफ नदिएपछि छुट्टै रकम पठाउनु परेको मन्त्रालयले बताएको छ। महामारीको अवस्थाका कारण परराष्ट्र मन्त्रालय मार्फत चीनको सरकारी निकाय समक्ष खरिद प्रक्रिया अगाडी बढाउनु पर्ने बाध्यता भएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले खरिद प्रक्रिया स्वास्थ्य, परराष्ट्र, रक्षा मन्त्रालय र नेपाली सेनाको समन्वयात्मक ढंगबाट भएको जनाएको छ। यी निकायबीच आपसमा कुनै असमझदारी नरहेको पनि रक्षाको भनाई छ।

चीनले दिने भनेको अनुदान रकममा चीन सरकारले नेपाली सेनालाई उपलब्ध गराउने मानवीय सहायता तथा विपद व्यवस्थापन सम्बन्धी उपकरणहरु सम्झौता अनुसार प्राप्त हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

सेनाले चीनबाट करिव सवा २ अर्ब रुपैयाँका स्वास्थ्य सामग्री खरिद गरेको थियो। चैत १९ गते खरिद प्रक्रिया अगाडी बढाउने पत्र पाएको सेनाले अझै केही सामग्री ल्याउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .